• Sat. Jul 27th, 2024

ज्ञानोदय साकोसद्वारा हाजिरी जवाफ प्रतियोगिता

BySaptahik Samachar

११ असार २०७९, शनिबार १७:५० ११ असार २०७९, शनिबार १७:५० ११ असार २०७९, शनिबार १७:५०

भद्रपुर / ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था भद्रपुर -८ ले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।

आफ्नो सदस्य क्षेत्र भित्र रहेका आधारभूत तहका बिद्यालय बीच आज शनिबार ज्ञानोदय साकोसले वीरेन्द्र माध्यमिक बिद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो। कक्षा – ८ सम्मका १४ वटा बिद्यालयले भाग लिएको प्रतियोगितामा वीरेन्द्र माध्यमिक विद्यालय प्रथम, दुर्गा मावि गरामनी द्वितीय र लक्ष्मी मावि हल्दिबारी तृतीय भएर क्रमशः दुई हजार एक सय, एक हजार आठ सय र एक हजार पाँच सय नगद सहित प्रमाणपत्र प्राप्त गरेका थिए । 

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेफ्स्कुन प्रदेश एकका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्य तथा ज्ञानोदय सहकारीका अध्यक्ष गोपिकृष्ण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम अधिकारीले र हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन कार्यक्रम संयोजक लक्ष्मीप्रसाद गौतमले गर्नुभएको थियो।उपाध्यक्ष लता खरेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहकारीका सल्लाहकार संयोजक गोकुलराज नेउपानेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *