• Mon. Jan 19th, 2026

ज्ञानोदय साकोसद्वारा हाजिरी जवाफ प्रतियोगिता

BySaptahik Samachar

११ असार २०७९, शनिबार १७:५० ११ असार २०७९, शनिबार १७:५० ११ असार २०७९, शनिबार १७:५०

भद्रपुर / ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था भद्रपुर -८ ले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।

आफ्नो सदस्य क्षेत्र भित्र रहेका आधारभूत तहका बिद्यालय बीच आज शनिबार ज्ञानोदय साकोसले वीरेन्द्र माध्यमिक बिद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो। कक्षा – ८ सम्मका १४ वटा बिद्यालयले भाग लिएको प्रतियोगितामा वीरेन्द्र माध्यमिक विद्यालय प्रथम, दुर्गा मावि गरामनी द्वितीय र लक्ष्मी मावि हल्दिबारी तृतीय भएर क्रमशः दुई हजार एक सय, एक हजार आठ सय र एक हजार पाँच सय नगद सहित प्रमाणपत्र प्राप्त गरेका थिए । 

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेफ्स्कुन प्रदेश एकका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्य तथा ज्ञानोदय सहकारीका अध्यक्ष गोपिकृष्ण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम अधिकारीले र हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन कार्यक्रम संयोजक लक्ष्मीप्रसाद गौतमले गर्नुभएको थियो।उपाध्यक्ष लता खरेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहकारीका सल्लाहकार संयोजक गोकुलराज नेउपानेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

130 thoughts on “ज्ञानोदय साकोसद्वारा हाजिरी जवाफ प्रतियोगिता”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *