• Sat. Jul 27th, 2024

ज्ञानोदय साकोसको १४ औं साधारण सभा सम्पन्न

BySaptahik Samachar

६ आश्विन २०८०, शनिबार १८:४२ ६ आश्विन २०८०, शनिबार १८:४२ ६ आश्विन २०८०, शनिबार १८:४२

१९ लाख बढी नाफा आर्जन

भद्रपुर, ६ असोज / झापाको भद्रपुर-८ मा सञ्चालित ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ। जिल्ला बचत तथा ऋण सहकारी संस्था झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्य र सहकारीका अध्यक्ष गोपीकृष्ण नेउपानेको अध्यक्षतामा शनिबार चन्द्रगढीस्थित वीरेन्द्र माध्यमिक विद्यालयको सभा हलमा साधारण सभा सम्पन्न भएको हो।
विद्याबारिधि हाँसिल गर्ने सफल सन्ततिका अभिभावक धरणी – घनेन्द्र शर्मा तथा भीमबहादुर श्रेष्ठलाई शिक्षा सहकारी सन्तति सम्मान प्रदान गरिएको साधारण सभामा संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार भलकाजी कठेत र प्रथम श्रेणीमा बढुवा हुनुभएका शिक्षकद्वय भीम दाहाल र जयकुमार प्रसाईंलाई समेत सम्मान गरिएको थियो।

सेवा निवृत्त शिक्षकहरू क्रमशः मिश्रादेवी गुरुङ, सोमबहादुर तामाङ, किशन न्यौपाने, नवकुमार राय, कृष्णप्रसाद सुवेदी,देवीप्रसाद पराजुली र सावित्री न्यौपाने सुवेदी तथा उत्कृष्ट बचतकर्ता शुष्मा दाहाल र उत्कृष्ट ऋणी जानुका तोलाङ्गीलाई समेत सम्मान गरिएको सो साधारण सभाका प्रमुख अतिथि ढकाल, भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, सहकारी बचत संघका लेखा सदस्य राजेन्द्रप्रसाद रिजाल र भद्रपुर नगरपालिकाका सहकारी विभाग प्रमुख नेत्रप्रसाद पोखरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो।


साधारण सभामा संस्थाका अध्यक्ष न्यौपानेले बार्षिक प्रतिवेदन र लेखा समिति संयोजक खड्गनारायण श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ४११जना सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०७९ /०८० मा १९ लाख बढी खुद नाफा आर्जन गरेको जनाइएको छ। सहकारीका उपाध्यक्ष धनकुमारी खरेल’लता’ ले स्वागत मन्तव्य र सचिव डिल्लीराम अधिकारीले संचालन गरेको साधारण सभामा सृजन सापकोटा र प्रशिध्दी निरौलालाई शिक्षा सन्तति पुरस्कार प्रदान गरिएको थियो।

14 thoughts on “ज्ञानोदय साकोसको १४ औं साधारण सभा सम्पन्न”
  1. I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.

  2. This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!

  3. This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!

  4. Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

Leave a Reply

Your email address will not be published. Required fields are marked *