• Sat. Jul 27th, 2024

जितिया पर्वको पूर्व सन्ध्यामा भद्रपुरमा शुभकामना आदान प्रदान

BySaptahik Samachar

१६ आश्विन २०८०, मंगलवार २०:०५ १६ आश्विन २०८०, मंगलवार २०:०५ १६ आश्विन २०८०, मंगलवार २०:०५

भद्रपुर, १६ असौज / जितिया पर्वको पूर्व सन्ध्यामा सोमवार भद्रपुरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। मधेसी महिला समूहको आयोजनामा भद्रपुर-५ स्थित एभरेट होटलमा नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्य र मधेसी महिला समूहकी अध्यक्ष विभादेवी ठाकुरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।
सन्तानको सुख, आनन्द र प्रगतिको कामना गर्दै मनाइने जितिया पर्व तराईको झापादेखि चितवनसम्मका मधेसी महिलाहरूले हरेक वर्ष आश्विन कृष्ण अष्टमीका दिन बडो उत्साह र आस्थापूर्वक मनाउँछन्।

जितिया पर्वमा ब्रतालुहरूले पानी समेत नपिई जितबाहन गोसाईंको पूजा आराधना गरी कष्टपूर्ण ब्रत बसेर २४ घण्टासम्म निराहार व्रत गर्ने धार्मिक परम्परा भारतको विहार राज्यमा समेत पाइन्छ।
कार्यक्रममा विशिष्ट अतिथि डाक्टर पिताम्बर ठाकुर, सामाजिक व्यक्तित्वहरु शिवकुमार राजभण्डारी, रमेशचन्द्र झा, पारसनाथ यादव, ललन यादव लगायतको सहभागिता थियो। जितिया पर्वको बारेमा आशादेवी चौधरीले विशेष जानकारी दिएको कार्यक्रममा कुमकुम झाले सांगीतिक प्रस्तुति दिनुभएको थियो। समूहकी उपाध्यक्ष स्वर्णिका सिंहले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन विभा पासवानले गर्नुभएको जनाइएको छ ।कार्यक्रममा जेष्ठ तीन जना आमाहरूलाई सम्मान समेत गरिएको उपाध्यक्ष सिंहले जानकारी दिनुभयो।

12 thoughts on “जितिया पर्वको पूर्व सन्ध्यामा भद्रपुरमा शुभकामना आदान प्रदान”
  1. You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

Leave a Reply

Your email address will not be published. Required fields are marked *