• Sat. Jul 27th, 2024

जर्मन नागरिक काठमाडौंमा मृत फेला

BySaptahik Samachar

८ आश्विन २०७८, शुक्रबार १९:१० ८ आश्विन २०७८, शुक्रबार १९:१० ८ आश्विन २०७८, शुक्रबार १९:१०

काठमाडौँ ८,असोज / राजधानी शहर काठमाडौँको ठमेलस्थित एक होटेलमा जर्मन नागरिक मृत भेटिएका छन् । ठमेलस्थित बिहानी होटेलको कोठामा बिहीबार राति जर्मन नागरिक डेभिड मिट ज्याकट मृत भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।
मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जनाएको छ  । पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने जनाउँदै प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्याको आशंका गरेको छ । पर्यटक भिसामा करिब ३ महिनाअघि ज्याकट नेपाल आएका थिए । प्रेमिका नेपालको भएकाले भेट्न आएको बेला घटना भएको अनुमान शुरू भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *