• Thu. Oct 24th, 2024

छठ ब्रतालुलाई साडी वितरण

BySaptahik Samachar

२१ कार्तिक २०७८, आईतवार १५:२७ २१ कार्तिक २०७८, आईतवार १५:२७ २१ कार्तिक २०७८, आईतवार १५:२७

भद्रपुर २१,कात्तिक /शुध्द,सात्विक, पवित्रता र निष्ठाको ब्रत छठ पर्वमा ब्रत बस्ने महिलाहरूका लागि दाता समाजसेवीको सहयोगमा सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले साडी वितरण गरेको छ।
सामाजिक व्यक्तित्व स्व.परशुराम अग्रवालका छोरा-वुहारी नितेश /हर्षा अग्रवालले भद्रपुर नगरपालिकाको सभाकक्षमा आज आयोजित एक कार्यक्रममा ब्रतको तयारीमा रहेका ७० जना महिलाहरूलाई साडी वितरण गरेका हुन्।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्य र सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष शीला खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख चन्द्रमाया श्रेष्ठ तथा इन्स्पेक्टरद्वय दलकुमार राई र बिभुराज दहाल,बिक्रम वाग्ले,दाता नितेश र हर्षा अग्रवालले साडी हस्तान्तरण गर्नुभएको हो।
सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको संयोजनमा भएको कार्यक्रममा सेवा केन्द्रका महासचिव दिपक अधिकारीले उद्घोषण र स्वागत कोषाध्यक्ष रिता सुबेदीले गर्नुभएको थियो।

Related Post

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध
One thought on “छठ ब्रतालुलाई साडी वितरण”
  1. Профессиональный сервисный центр по ремонту сотовых телефонов, смартфонов и мобильных устройств.
    Мы предлагаем: мастерская по ремонту телефонов
    Наши мастера оперативно устранят неисправности вашего устройства в сервисе или с выездом на дом!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed