• Sat. Jan 17th, 2026

छठको दोस्रो दिन आज खरना

BySaptahik Samachar

२३ कार्तिक २०७८, मंगलवार ०९:१५ २३ कार्तिक २०७८, मंगलवार ०९:१५ २३ कार्तिक २०७८, मंगलवार ०९:१५

भद्रपुर २३ कार्तिक । – तराइ मेधशमा श्रद्धा र नियम निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आज ‘खरना’ अर्थात् मन शुध्दिकरण गरिँदैछ। सोमवारदेखि विधिवत रुपमा लौकाको तरकारी र चनाको दालको शुध्द खाना तयार गरी नहाय-खायबाट शुरु भएको छठको दोस्रो दिन आज साँझ ‘खरना’ विधिको तयारी गरिएको छ।

देशभरि भव्यतापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन साँझ ब्रतालुहरुले माटोको चुलोमा, आँपको दाउराले सख्खर हालेर बनाइएको खीर नैवेदको रूपमा प्रसाद स्वरूप सूर्य देवतालाई चढाएर सर्वप्रथम ब्रतालुले खाने गर्छन्। जसलाई ‘खरना’ भन्ने गरिन्छ।

चार दिवसीय पर्व छठमा सूर्यलाई अर्घ्य दिने ब्रतालुले कम्तीमा ३६ घण्टा ब्रत बस्ने परम्परा छ, जसमा खरनामा दिनभरि ब्रत बसेपछि राति सख्खर मिसाएर बनाइएको खीर खाने र अर्को दिन निराहार ब्रत गरी साँझ सूर्यलाई अर्घ्य दिने गरिन्छ।

साँझ अर्घ्य दिने ब्रतालुले पानी पनि नखाने परम्परा रहेको छ। भोलिपल्ट छठको अन्तिम दिन बिहान सूर्यलाई अर्घ्य दिई सकेपछि पारण गर्ने (ब्रत तोड्ने) गरिन्छ।

छठमा नियम निष्ठाको बढी ख्याल गरिएको हुनाले यसलाई कठोर पर्वको उपमा दिइएको छ। भगवान सूर्यदेवको उपासना गरिने छठमा व्रतालुले ब्रत संकल्प गरेको भाकल अनुसारको केरा, उखु, भण्टा, मुला, अदुवा, काँचो बेसार, दूध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा रहेको छ।

यस्तै, सूर्यलाई दिइने अनिवार्य अर्घ्य तथा मिष्ठान सख्खर र गहुँको पिठोले बनाइएको परिकार ठकुवा, चामल र सख्खरले बनाइएको भुसुवा खरना राति नै बनाउने गरिन्छ। खरनाको राति नै पूजाको सम्पूर्ण सामग्री घाट पुर्याउने गरिन्छ

122 thoughts on “छठको दोस्रो दिन आज खरना”
  1. Этот информативный текст отличается привлекательным содержанием и актуальными данными. Мы предлагаем читателям взглянуть на привычные вещи под новым углом, предоставляя интересный и доступный материал. Получите удовольствие от чтения и расширьте кругозор!
    Разобраться лучше – https://medalkoblog.ru/

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  3. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *