• Fri. May 16th, 2025

चिया उद्योगी पराजुली सम्मानित

BySaptahik Samachar

१५ बैशाख २०८१, शनिबार २१:०७ १५ बैशाख २०८१, शनिबार २१:०७ १५ बैशाख २०८१, शनिबार २१:०७

भद्रपुर १५,वैशाख / देशमा सवैभन्दा बढी चिया उत्पादन गर्ने झापा भद्रपुरको पराजुली टी इण्डष्ट्रिजका प्रोप्राइटर आदित्य पराजुली सम्मानित हुनुभएको छ।२८ औं राष्ट्रिय चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शनिबार पराजुलीलाई राष्ट्रिय सम्मान प्रदान गरेको हो।

देशको आवश्यकतालाई परिपूर्ति गरेर विदेशी मुद्रा आर्जनमा उल्लेख्य योगदान गरिरहेको चियाको सर्वाधिक उत्पादन गर्ने पराजुली सीटीसी.र अर्थोडक्स दुवै चियाका उत्पादक हुनुहुन्छ। उहाँ नेपाल चिया उत्पादक संघको केन्द्रीय अध्यक्ष समेत रहनुभएको छ।
इलाममा समेत चिया उद्योग स्थापना गरेर नेपाली चियालाई अन्तर्राष्ट्रिय वजारीकरण गर्दै अर्ग्यानिक र गुणस्तरीय चिया उत्पादनमा जोड दिदै आउनु भएका उहाँलाई यस अघि २०७१/०७२ सालमा युवा तथा खेलकुद मन्त्रालयले निरन्तर चिया उत्पादन गरी सवैभन्दा बढी परिणामको चिया निर्यात गर्ने युवा उद्यमीका रूपमा ५० हजार रूपैयाँ राशीको युवा प्रतिभा तथा युवा उद्यमी प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै नेपाल जेसीजले पनि उहाँलाई युवा उद्यमीका रूपमा विगतमा सम्मान गरेको छ।

68 thoughts on “चिया उद्योगी पराजुली सम्मानित”
  1. Профессиональный сервисный центр по ремонту бытовой техники с выездом на дом.
    Мы предлагаем:ремонт крупногабаритной техники в москве
    Наши мастера оперативно устранят неисправности вашего устройства в сервисе или с выездом на дом!

Leave a Reply

Your email address will not be published. Required fields are marked *