• Sat. Jul 27th, 2024

चार सवारीचालक महिलालाई सम्मान गर्दै राप्रपाले मनायो तीज

BySaptahik Samachar

९ भाद्र २०७९, बिहीबार २१:११ ९ भाद्र २०७९, बिहीबार २१:११ ९ भाद्र २०७९, बिहीबार २१:११

. भद्रपुर ९,भदौ / राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुर नगर समितिले तीजको अवसरमा चार जना महिला सवारी चालकलाई सम्मान गरेको छ। पार्टीद्वारा भद्रपुरमा विहीबार आयोजित तीज मिलन समारोह २०७९का अवसरमा सिटी सफारी चालक चार महिलालाई सम्मान गरेको हो।
सम्मानित हुने सिटी सफारी चालकमा मुस्लिम महिला सकिरून खातुन सहित कल्पना मण्डल, रेखा माझी र लक्ष्मी दवाडी रहनुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य नवराज पनेरू’राजु’को प्रमुख आतिथ्यमा भद्रपुरको सिटी गार्डेनमा भएको कार्यक्रमको अध्यक्षता राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन भद्रपुरकी अध्यक्ष गीता मेचे श्रेष्ठले गर्नुभएको थियो।

. तीज मिलन समारोहलाई आकर्षक र भव्यता प्रदान गर्न उपस्थित राष्ट्रिय गायक बाबु वोगटीको गायन र तीज गीत नृत्यले मन्त्र मुग्ध महिला उपस्थितिलाई कार्यक्रमका प्रमुख अतिथि पनेरू, पार्टीका जिल्ला सभापति केशव ओझा, राप्रपा भद्रपुर नगर सभापति तथा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की र कचनकवल गाउँपालिकाका पूर्व उपाध्यक्ष निमसरी राजवंशीले शुभकामना मन्तव्य राख्नुभएको थियो। कलाकार बोगटीलाई समेत सम्मान गरिएको सो कार्यक्रममा स्वागत मन्तव्य सरस्वती कन्दङ्वाले र कार्यक्रमको सञ्चालन भावना पोखरेलले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *