• Sat. Apr 20th, 2024

चर्च ब्वाइजले उचाल्यो झापा गोल्डकपको उपाधि

BySaptahik Samachar

२८ फाल्गुन २०८०, सोमबार २०:१८ २८ फाल्गुन २०८०, सोमबार २०:१८ २८ फाल्गुन २०८०, सोमबार २०:१८

भद्रपुर २८ फागुन / उत्कृष्ट जितका साथ झापा विर्तामोडमा सम्पन्न छैटौँ झापा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधी चर्च ब्वाइज युनाइटेडले उचालेको छ ।

सोमबार भएको उपाधि भिडन्तमा चर्च ब्वाइजले एपिएफ फुटबल क्लबलाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै झापा गोल्डकपको नयाँ च्याम्पियन बन्न सफल भएको हो ।

डोमालाल राजवंशी रंगशालामा भएको खेलमा चर्च ब्वाईजका लागि आबायोमी फाकुन्लेले दुई गोल गरे भने थप एक गोल राजेश परियारले गरे ।

झापा गोल्डकप आयोजक समितिको आयोजनामा भएको प्रतियोगिताको विजेता चर्च ब्वाईजले उपाधि सहित नगद १३ लाख हात पार्यो भने उपविजेता एपीएफले ७ लाखमा चित्त बुझायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *