भट्टराईले ९ सय ७५ मत ल्याउँदा प्रतिस्पर्धी मैनालीले ८ सय ३६ मत प्राप्त गर्नुभयो । मिश्रित परिणाम आएको वन समूहको निर्वाचनमा उपाध्यक्ष पदमा प्रगतिशील राष्ट्रवादी समूहका गोकुल ढकालले ८ सय ९६ मत प्राप्त गर्दै भट्टराई प्यानलका सालिकराम नेपाललाई पराजित गर्नुभएको हो । नेपालले ७ सय ९९ मत प्राप्त गर्नु भएको थियो ।
त्यसैगरी, सचिवमा लोकतान्त्रिक समूहकी पार्वती मल्ल, सहसचिवमा इश्वरीप्रसाद रिजाल, कोषाध्यक्षमा अनुज खतिवडा, आदिवासी सदस्यमा कान्टु राजवंशी, जनजाति सदस्यमा वालकुमार राई, दलित सदस्य मा लालवहादुर चहार र अपांग सदस्यमा ध्रुव सुवेदी विजयी हुनुभएको छ ।
निर्वाचन समितिका सदस्य राजु वरालका अनुसार क्षेत्रीय संयोजकहरुमा दुई नं. मा रमेश न्यौपाने, ३ नं. ताराप्रसाद चम्लागाईं, ४ नं. जागेश्वर राजवंशी, ५ नं. तोयानाथ वास्तोला, ६ नं. युवराज दाहाल र ९ नं. मा केशवप्रसाद खतिवडा विजयी वन्नु भएको छ ।
त्यसैगरी, महिला सदस्यहरुमा क्रमशः चित्रकला गिरी, सकुन्तला चौधरी, फिटिंग राजवंशी, लक्ष्मी आचार्य, मन्जु खतिवडा अधिकारी र कमला शिवाकोटी विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । २२ सय ९० मतदाता रहेको वन समूहको निर्वाचनमा १ हजार ९ सय १८ मत खसेको थियो । कार्यसमितिको कार्यकाल ४ वर्षको रहने जनाइएको छ ।
thnk…