• Mon. Mar 9th, 2026

चन्द्रगढी खानेपानी समितिमा दुई पक्षीय भिडन्त

BySaptahik Samachar

२७ जेष्ठ २०७९, शुक्रबार २०:४३ २७ जेष्ठ २०७९, शुक्रबार २०:४३ २७ जेष्ठ २०७९, शुक्रबार २०:४३

भद्रपुर २७,जेठ / भद्रपुरस्थित चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नेतृत्वका लागि दुई पक्षीय भिडन्त हुने भएकाे छ। यही असार ४ गते हुने निर्वाचनमा नेकपा (एमाले) र राप्रपाको संयुक्त गठबन्धनबाट बनेको प्रगतिशील राष्ट्रवादी साझा समूह र नेपाली काँग्रेसको प्रजातान्त्रिक समूह छुट्टाछुट्टै प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।
नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले भने चन्द्रगढीको खानेपानीमा आफ्नो उम्मेदवारी दिएका छैनन् । भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा काँग्रेसले नेकपा (माओवादी) र नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरी चुनाव लडेका थिए । स्थानीय तहको सो निर्वाचनमा गठबन्धनभित्रै धोका भएको विश्लेषण सहित चन्द्रगढी खानेपानीमा ती दलहरू अहिलेको गठबन्धनमा सहभागी नभएको बताइन्छ ।
स्थानीय तह निर्वाचनमा तीन दलको संयुक्त गठबन्धनले नगरमा सोचे जस्तो परिणाम ल्याउन सकेन । माओवादी र एकीकृत समाजवादीका अधिकांश उम्मेदवारले पराजय बेहोर्नु परेको थियो । त्यही कारणले खानेपानीको चुनावमा काँग्रेस एकलै मैदानमा उत्रिएको जानकारहरू बताउँछन् ।

काँग्रेस र राप्रपासँग गठबन्धन गरी खानेपानीको चुनाव लड्ने एक प्रकारको लिखित सहमति नै भइसकेको थियो,अन्तिम समयमा आएर राप्रपाले लिखित सहमति तोडेर एमालेसँग गठबन्धन गर्यो। कांग्रेसको एउटा स्रोतले भन्यो ‘राप्रपाले सहमति तोडेकोले अन्य दलसँग तालमेल नगरी काँग्रेस एकलै चुनावी मैदानमा उत्रिएको हो।’

नेकपा (एमाले) र राप्रपा गठबन्धनको प्रगतिशील राष्ट्रवादी साझा समूहबाट एमालेले अध्यक्ष, सचिव, चार सदस्य, लेखा समिति संयोजक र एक जना लेखा समिति सदस्य लिएको छ भने राप्रपाले उपाध्यक्ष, सहसचिव, कोषाध्यक्ष, दुई सदस्य र एक जना लेखा समिति सदस्यमा उम्मेदवारी दिएको छ।
यस चुनावमा अध्यक्ष पदका लागि स्वतन्त्रबाट यादव भट्टराईले उम्मेदवारी दिएका छन् ।
संयुक्त गठबन्धनले अध्यक्षमा बर्तमान अध्यक्ष पुरुषोत्तम अधिकारीलाई नै मैदानमा उतारेको छभने उपाध्यक्षमा बाबुराम पराजुली, सचिवमा बाबुराम कार्की, सहसचिवमा झुमा सिवाकोटी (दाहाल) र कोषाध्यक्षमा खेमराज भट्टराईलाई उम्मेदवार बनाएको छ । त्यस्तै, सदस्यहरूमा कृष्णप्रसाद खतिवडा, मोहन श्रेष्ठ, रामकुमार गिरी, गंगा घिमिरे (नेपाल), सुजन विष्ट (दुलाल) र सुमित्रा न्यौपाने (भट्टराई)को उम्मेदवारी परेको छ । त्यस्तै लेखा समिति संयोजकमा माधवप्रसाद घिमिरे तथा सदस्यहरूमा कृष्णबहादुर कटुवाल र निर्मल चाम्लिङले उम्मेदवारी दिएका छन्। संयुक्त
गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका अधिकारी तेस्रो कार्यकालका लागि अध्यक्षमा उठेका हुन् ।

त्यसैगरी काँग्रेसको प्रजातान्त्रिक समूहबाट अध्यक्षमा गोविन्द लम्साल, उपाध्यक्षमा उत्तम कोइराला, सचिवमा ऋषि चापागाईँ, सहसचिवमा महेन्द्र कोइराला र कोषाध्यक्षमा लावण्यकुमार पोखरेल(लव) ले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा राजेन्द्र तुलाधर, प्रेमप्रसाद गौतम, तारादेवी लुइँटेल (ओली), निर्मला प्रसाईँ (ओली), हरिमाया कार्की र मनेका शर्मा (दाहाल)को उम्मेदवारी परेको छ । त्यस्तै लेखा समिति संयोजकमा रमेश पराजुली र सदस्यहरूमा पौरप्रसाद खतिवडा तथा सुशीला राजवंशीले उम्मेदवारी दिएका छन् ।
चन्द्रगढी खानेपानीमा हिजो बिहीबार उम्मेदवारी दर्तासँगै चुनावी चहलपहल पनि बढेको छ । भद्रपुरको ४ वटा वडा ७,८,९ र १० मा वितरण हुने गरेको खानेपानीको करिब ३ हजार ५१७ उपभोक्ता मतदाता रहेका छन्।

21 thoughts on “चन्द्रगढी खानेपानी समितिमा दुई पक्षीय भिडन्त”
  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  2. Эта публикация дает возможность задействовать различные источники информации и представить их в удобной форме. Читатели смогут быстро найти нужные данные и получить ответы на интересующие их вопросы. Мы стремимся к четкости и доступности материала для всех!
    Получить дополнительные сведения – https://vyvod-iz-zapoya-1.ru/

  3. Эта информационная заметка предлагает лаконичное и четкое освещение актуальных вопросов. Здесь вы найдете ключевые факты и основную информацию по теме, которые помогут вам сформировать собственное мнение и повысить уровень осведомленности.
    Детальнее – https://quick-vyvod-iz-zapoya-1.ru/

  4. TurkPaydexHub se differencie comme une plateforme d’investissement crypto innovante, qui exploite la puissance de l’intelligence artificielle pour proposer a ses membres des atouts competitifs majeurs.

    Son IA scrute les marches en temps reel, detecte les occasions interessantes et applique des tactiques complexes avec une precision et une vitesse hors de portee des traders humains, maximisant ainsi les potentiels de rendement.

  5. TurkPaydexHub Avis
    TurkPaydexHub se differencie comme une plateforme d’investissement en crypto-monnaies de pointe, qui exploite la puissance de l’intelligence artificielle pour offrir a ses utilisateurs des avantages decisifs sur le marche.

    Son IA analyse les marches en temps reel, repere les opportunites et execute des strategies complexes avec une precision et une vitesse hors de portee des traders humains, augmentant de ce fait les potentiels de profit.

  6. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *