• Sat. Jul 27th, 2024

चन्द्रगढीमा चन्द्रगढ मोक्ष धामको शिलान्यासः धामको शुध्दीकरणमा एकाह पुराण

BySaptahik Samachar

२६ बैशाख २०८०, मंगलवार २०:५४ २६ बैशाख २०८०, मंगलवार २०:५४ २६ बैशाख २०८०, मंगलवार २०:५४

तीन करोडमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

भद्रपुर २६ वैशाख / झापाको भद्रपुर-०९ चन्द्रगढीको झोलुङ्गे पुल छेउमा मसान घाट निर्माण गरिने भएको छ। चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा निर्माण गरिने घाटको मंगलबार भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल लगायतले शिलान्यास गर्नुभएको छ। शिलान्यास कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, प्रदेशका पूर्व मन्त्री ओमप्रकाश सरावगी, भद्रपुर र विर्तामोड नगरपालिकाका वडाध्यक्षहरूको संलग्नता थियो।

वन समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा भएको शिलान्यास समारोहमा कार्यक्रमकाे औचित्य प्रष्ट पार्दै उहाँले सो स्थानमा ” चन्द्रगढ मोक्ष घाट ” नामकरण गरेर गुरू योजना तयार गरेरै लगभग ३ करोडको लागतमा आगामी तीन वर्षभित्र घाट निर्माण गरिसक्ने लक्ष्य राखिएको जनाउनुभयो। त्यसका लागि वन समूहले यो वर्षका लागि ११ लाख रूपैयाँ विनियोजन गरेको र थप बजेट आगामी वर्ष विनियोजन गर्ने जनाउँदै स्थानीय सरकार, प्रदेश र संघीय सरकारसंग पनि माग्ने योजना रहेको उहाँले बताउनुभयो।
सोही स्थानमा भद्रपुर – ९ को देवकोटा जेष्ठ नागरिक समूहले घाट शुध्दीकरणका लागि मंगलबार नै बेद, लघु रूद्री, चण्डी सहित एकाह पुराण लगाएको थियो। त्यस धार्मिक यज्ञमा २७ जना ब्राह्मण र दर्जन बढी बटुकहरूले वेद, चण्डी र भागवत पाठ गरेको देवकोटा युवा क्लवका अगुवा राजु बरालले जानकारी दिनुभयो।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, नगर उपप्रमुख कार्की, प्रदेशका पूर्व मन्त्री सरावगी, वडाध्यक्ष राम दाहाल र अविरल खरेल, समाजसेवीहरू विष्णुप्रसाद शिवाकोटी,राजेन्द्र रिजाल, बद्री प्याकुरेल लगायतले मन्तव्य राख्दै घाट निर्माणमा सहयोग गर्ने प्रतिबध्दता जनाउनुभयो।

वन समूहका कोषाध्यक्ष अनुज खतिवडाले सन्चालन गरेको शिलान्यास समारोहमा उपस्थित जनसमुदायलाई समुहका उपाध्यक्ष अशोक ढकालले शब्दद्वारा स्वागत गर्नुभएको थियो। जेष्ठ नागरिक र स्थानीय महिलाहरूको सक्रिय सहभागिता रहेको सो यज्ञशालामा देवकोटा युवा क्लबले स्वयंसेवकको भुमिका निर्वाह गरेको थियो भने नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले हेल्थ डेस्क राखेर जेष्ठ नागरिकहरूलाई स्वास्थ्य परामर्श र स्वास्थ्यकर्मीको सहयोग लिएर प्रेसर जाँच गरेको थियो।
सो घाट निर्माण पछि भद्रपुरको वडा नम्बर ९ र १० , विर्तामोडको ७ र ८ तथा मेचीनगर नगरपालिकाका १३ र १४ का मृतकहरूको अन्त्येष्टि गर्न सहज हुने आयोजकले जनाएका छन्।

5 thoughts on “चन्द्रगढीमा चन्द्रगढ मोक्ष धामको शिलान्यासः धामको शुध्दीकरणमा एकाह पुराण”
  1. I strongly recommend to avoid this site. My personal experience with it was nothing but dismay as well as suspicion of scamming practices. Proceed with extreme caution, or even better, find a trustworthy platform for your needs.

  2. I urge you to avoid this platform. My own encounter with it has been purely frustration and concerns regarding scamming practices. Be extremely cautious, or even better, look for a more reputable platform for your needs.

  3. I strongly recommend steer clear of this platform. The experience I had with it was purely frustration as well as suspicion of deceptive behavior. Be extremely cautious, or alternatively, look for a more reputable site to meet your needs.

  4. I highly advise stay away from this platform. My own encounter with it was nothing but frustration along with concerns regarding fraudulent activities. Exercise extreme caution, or even better, look for a more reputable site for your needs.

Leave a Reply

Your email address will not be published. Required fields are marked *