• Sat. Jul 27th, 2024

चक्कु प्रहार गरी श्रीमती को हत्या गर्ने तामाङ र चिर्पट प्रहारबाट आमाको हत्या गर्ने भण्डारी प्रहरी नियन्त्रणमा

BySaptahik Samachar

२ फाल्गुन २०७८, सोमबार १५:३२ २ फाल्गुन २०७८, सोमबार १५:३२ २ फाल्गुन २०७८, सोमबार १५:३२

भद्रपुर २,फागुन / झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौकका ३४ बर्षीय अमरबहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
आज बिहान तामाङले मोबाइल बिगारेको बिषयमा ३४ बर्षीया अनिता लिम्बूलाई घाँटी तथा शरीरमा चक्कु प्रहार गरी आफ्नै घरमा हत्या गरेका थिए ।
चक्कु प्रहार गर्ने तामाङ सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापालाई जिम्मा लगाएको छ।

त्यस्तै, मोरङको उर्लाबारी नगरपालिका ४ आइतबारेका ३५ बर्षीय गंगाप्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेका छन् ।घरायसी विवादका कारण ७० बर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपट प्रहार गरेका थिए । चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।हत्या गर्ने गंगा प्रासादलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

6 thoughts on “चक्कु प्रहार गरी श्रीमती को हत्या गर्ने तामाङ र चिर्पट प्रहारबाट आमाको हत्या गर्ने भण्डारी प्रहरी नियन्त्रणमा”
  1. Excellent site you’ve got here.. It’s hard to find high-quality writing like yours these days. I honestly appreciate individuals like you! Take care!!

  2. An impressive share! I’ve just forwarded this onto a friend who has been conducting a little homework on this. And he actually bought me breakfast simply because I found it for him… lol. So let me reword this…. Thanks for the meal!! But yeah, thanx for spending some time to talk about this topic here on your blog.

Leave a Reply

Your email address will not be published. Required fields are marked *