• Sun. Oct 27th, 2024

ग्यालेक्सी फुटबल प्रतियोगितामा शुक्रबार पाँच टोली बाहिरियो

BySaptahik Samachar

१६ मंसिर २०७९, शुक्रबार २०:५८ १६ मंसिर २०७९, शुक्रबार २०:५८ १६ मंसिर २०७९, शुक्रबार २०:५८

भद्रपुर १६ मङ्सिर / ग्यालेक्सी कप फुटबल नकआउट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा इष्ट होराइजन, इष्ट पोइन्ट, ग्रीन फिल्ड, हिमालय इङ्ग्लिस स्कुल र ज्ञान सरोवर मावि विजयी भएका छन्।
झापा भद्रपुर-९ मा रहेको ग्यालेक्सी इङ्ग्लिस स्कुलको आयोजनामा सञ्चालित ग्यालेक्सी कप फुटबल नकआउट प्रतियोगिताको शुक्रबार ५ वटा खेल भएको विद्यालयका शिक्षक विवेक चम्लागाईंले जानकारी दिनुभयो।
उहाँका अनुसार शुक्रबारको पहिलो खेलमा मुनाल एकाडेमीको ४ गोलका विरूध्द ५ गोल गर्दै इष्ट होराइजन विजयी भएको हो। विजेताको निर्णय सडन डेथबाट गरिएको हो। यो खेलमा इष्ट होराइजनका प्रिन्स चेम्जोङ मेन अफ दि म्याच घोषित भएका थिए।
त्यसैगरी दोस्रो खेलमा ब्राइट स्टारलाई शुन्यमै रोक्दै इष्ट पोइन्टले अगाडिको यात्रा तय गरेको छ। यस खेलमा विजेता टीमका क्रिस राजवंशी मेन अफ दि म्याच घोषित भए।
त्यस्तै, तेस्रो खेलमा प्रणय लिम्बू मेन अफ द म्याच घोषित हुँदा उनी सम्मिलित ग्रीन फिल्ड स्कूलले प्रज्ञा एकाडेमीलाई शुन्यमा रोक्दै २ गोल गरेको थियो।
ग्यालेक्सी स्कूलको खेल मैदानमा भएको चौथो खेलमा सेन्ट कुजुरको २ गोल विरूध्द ३ गोल गर्दै इष्ट होराइजन धुलावारी विजयी भयो।यो म्याचमा विजेता विद्यालयका क्षितिज बुढाथोकी मेन अफ दि म्याच घोषित भए भने शुक्रबारनै भएको पाँचौ तथा अन्तिम खेलमा हिमालयन इङ्ग्लिस स्कुल भद्रपुरलाई पराजित गर्दै ज्ञान सरोवर भद्रपुर विजयी भएको छ। हिमालयनलाई गोल गर्नबाट रोक्दै सरोवरले ३ गोल गर्दा म्यान अफ द म्याच विजेता विद्यालयका सौरव राई घोषित भएका थिए।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र उपप्रमुख राधा कार्कीको विशिष्ट आतिथ्यमा हिजोबाट जारी तेस्रो संस्करणको ग्यालेक्सी कप नकआउट फुटबल प्रतियोगिता १८ गतेसम्म सञ्चालन हुने आयोजक विद्यालयका प्रिन्सिपल टंकनाथ शर्मा पाण्डेले जानकारी दिनुभयो। प्रतियोगितामा चौधवटा संस्थागत विद्यालयको सहभागिता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।