• Sun. Oct 27th, 2024

ग्यालेक्सीको अभिभावक दिवस सम्पन्न

BySaptahik Samachar

५ फाल्गुन २०८०, शनिबार १५:५८ ५ फाल्गुन २०८०, शनिबार १५:५८ ५ फाल्गुन २०८०, शनिबार १५:५८

भद्रपुर, ५ फागुन / झापा,भद्रपुर-९ प्रगतिटोलमा रहेको ग्यालेक्सी इङ्ग्लिस स्कुलले विद्यार्थी र अभिभावक केन्द्रीत विभिन्न कार्यक्रम गर्दै अभिभावक दिवस मनाएको छ।
विद्यालयमा आज आयोजित कार्यक्रममा नर्सरीदेखि कक्षा नौसम्मका छात्र छात्राबाट गीत, नृत्य, नाटक, फेशन सो प्रदर्शन गरिनुका साथै शिक्षिकाहरूबाट पनि नृत्य प्रस्तुत गरिएको थियो। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो।
प्रमुख अतिथि नगर प्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, वडाध्यक्ष राम दाहाल र विद्यालयका नवनियुक्त प्रिन्सिपल रेवती शर्मा ढुङ्गानाले मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यालयबाट विदा हुनु भएका साविक प्रिन्सिपल टंकनाथ शर्मा पाण्डेलाई ससम्मान विदाई गरिएको थियो।

शिक्षक देवीप्रसाद सुवेदीले स्वागत मन्तव्य राखेको त्यस कार्यक्रममा सहायक प्रिन्सिपल विवेक चम्लागाईं तथा विद्यार्थीद्वय अल्विना तामाङ र सक्षम दाहालले पालैपालो कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

One thought on “ग्यालेक्सीको अभिभावक दिवस सम्पन्न”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।