• Mon. Mar 9th, 2026

ग्यालेक्सीको अभिभावक दिवस सम्पन्न

BySaptahik Samachar

५ फाल्गुन २०८०, शनिबार १५:५८ ५ फाल्गुन २०८०, शनिबार १५:५८ ५ फाल्गुन २०८०, शनिबार १५:५८

भद्रपुर, ५ फागुन / झापा,भद्रपुर-९ प्रगतिटोलमा रहेको ग्यालेक्सी इङ्ग्लिस स्कुलले विद्यार्थी र अभिभावक केन्द्रीत विभिन्न कार्यक्रम गर्दै अभिभावक दिवस मनाएको छ।
विद्यालयमा आज आयोजित कार्यक्रममा नर्सरीदेखि कक्षा नौसम्मका छात्र छात्राबाट गीत, नृत्य, नाटक, फेशन सो प्रदर्शन गरिनुका साथै शिक्षिकाहरूबाट पनि नृत्य प्रस्तुत गरिएको थियो। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो।
प्रमुख अतिथि नगर प्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, वडाध्यक्ष राम दाहाल र विद्यालयका नवनियुक्त प्रिन्सिपल रेवती शर्मा ढुङ्गानाले मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यालयबाट विदा हुनु भएका साविक प्रिन्सिपल टंकनाथ शर्मा पाण्डेलाई ससम्मान विदाई गरिएको थियो।

शिक्षक देवीप्रसाद सुवेदीले स्वागत मन्तव्य राखेको त्यस कार्यक्रममा सहायक प्रिन्सिपल विवेक चम्लागाईं तथा विद्यार्थीद्वय अल्विना तामाङ र सक्षम दाहालले पालैपालो कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

15 thoughts on “ग्यालेक्सीको अभिभावक दिवस सम्पन्न”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *