• Sat. Mar 2nd, 2024

गौतम बुद्धको ६० औं वार्षिकोत्सव सम्पन्न / दाता समाजसेवी गोयलद्वारा १ सय ८० जनालाई टोपी स्वीटर

BySaptahik Samachar

२१ पुष २०८०, शनिबार १७:२० २१ पुष २०८०, शनिबार १७:२० २१ पुष २०८०, शनिबार १७:२०

भद्रपुर २१, पुस / झापा भद्रपुरको गौतम बुद्ध प्राथमिक विद्यालयको ६० औं वार्षिकोत्सव आज सम्पन्न भएको छ। तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइएको बार्षिकोत्सवको समापनका अवसरमा दाता समाजसेवी दीनबन्धु गोयलले आफ्ना दाजु स्व.ओमप्रकाश गोयलको स्मृतिमा विद्यार्थीलाई जाडोको लागि स्वीटर तथा टोपी प्रदान गर्नुभएको छ।
भद्रपुर नगरपालिका वडा नम्बर -५ मा रहेको बाल कक्षादेखि पाँच कक्षासम्म पढाइ हुने विद्यालयका १ सय ८० छात्र छात्रालाई दाता गोयलले न्यानोका लागि ती सामग्री प्रदान गर्नुभएको हो। नगरप्रमुख गणेश पोखरेल प्रमुख अतिथि र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आरती पन्तको सभापतित्वमा भएको कार्यक्रममा दाता दीनबन्धुको तर्फबाट उहाँका प्रतिनिधि सजल कुण्डले विद्यालयका छात्रछात्रालाई ऊनीको स्वीटर र टोपी उपलव्ध गराउनु भएको थियो।

विद्यालयका प्रधानाध्यापक शोभा गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सोही कार्यक्रममा स्व.ओमप्रकाश गोयलको स्मृतिमा दानवीर दीनबन्धु गोयलद्वारा स्थापित अक्षय कोषबाट प्रत्येक बर्ष प्रदान गरिने बाल कक्षादेखि पाँचसम्मका पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमशः १५ सय, एघार सय र नौ सय छात्रवृत्ति प्रदान गरिएको थियो।
कार्यक्रममा राजनलाल श्रेष्ठ र गीता श्रेष्ठ तथा आमा सुमित्रादेवी श्रेष्ठद्वारा स्थापित शुभ लक्ष्मी पुरस्कार, प्रेम – आरती पन्त पुरस्कार, विजन-शान्ति मानी लगायत अन्य गरीव तथा जेहनदार पुरस्कारहरू पनि वितरण गरिएको थियो। कार्यक्रममा विद्यालयलाई सहयोग पुर्‍याउने महानुभावहरू भगवानलाल श्रेष्ठ, गीता श्रेष्ठ, ओमप्रकाश गुप्ता र पूर्व प्रअ. लोहित भण्डारी तथा शिक्षक अन्जली श्रेष्ठलाई सम्मान गरिएको थियो।

नगरप्रमुख पोखरेल, वडाध्यक्ष बन्धु कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा शिक्षासेवी धरणी शर्माको संयोजनमा वेलायत निवासी विनोद नेउपानेद्वारा प्रदान गरिएको शैक्षिक सामग्री वितरण गरिनुका साथै विभिन्न खेलमा सहभागी उत्कृष्ट शिक्षक, विद्यार्थी तथा अभिभावकलाई पुरस्कृत गरिएको थियो भने स्थानीय करणसिंह जैनले विद्यार्थीहरूलाई ६ थान ब्ल्याङ्केट वितरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शोभा गुरुङले वार्षिक प्रतिवेदन, शिक्षक विमला कार्कीले स्वागत मन्तव्य र शिक्षक टीका रेग्मीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

One thought on “गौतम बुद्धको ६० औं वार्षिकोत्सव सम्पन्न / दाता समाजसेवी गोयलद्वारा १ सय ८० जनालाई टोपी स्वीटर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *