• Sun. Apr 20th, 2025

गलगलिया भन्सारको स्तरबृद्वि सम्बन्धमा छलफल

BySaptahik Samachar

१२ कार्तिक २०८१, सोमबार १८:०८ १२ कार्तिक २०८१, सोमबार १८:०८ १२ कार्तिक २०८१, सोमबार १८:०८

भद्रपुर १२,कात्तिक / भारत, विहार राज्यको झापा भद्रपुरसंग सीमा जोडिएको भन्सार नाका गलगलियाको स्तरोन्नति गर्ने नीतिगत निर्णय भए पनि कार्यान्वयनमा आउन सकेको छैन। स्तरोन्नतिको नीतिगत निर्णय भए पनि भन्सारको लागि आवश्यक पूर्वाधारहरूको अभावमा व्यवहारगत समस्या भएकाले स्थानीय उद्योग व्यवसायलाई सामान निर्यातमा कठिनाइ छ।
गलगलिया भन्सारका सुपरिटेन्डेन्ट कमिशनर अमरनाथ रामले भने – साँघुरो बाटो, गोदाम घर र विद्युतीय तारहरूको व्यवस्थापन नहुँदा तत्काल गलगलिया भन्सारबाट निर्यात सुविधा उपलब्ध गराउन कठिनाइ छ।

भद्रपुर भन्सारको स्तरवृध्दि गरी आयात निर्यात दुवैको पहूँच स्थापित भए पनि गलगलिया कस्टमलाई व्यवस्थित गर्न अझै केही समय लाग्ने उनको कथन छ। उनले भने – चाँडै आयात निर्यात खुलाउन भारतको विहार राज्य सरकारसम्म पहुँच पुर्‍याउन जरुरी छ।
भद्रपुर भन्सारमा अनौपचारिक भेटघाटका क्रममा आएको गलगलिया भन्सारको सुपरिटेन्डेन्ट कमिशनर रामसहितको टोलीलाई भद्रपुर भन्सार प्रमुख अर्जुनप्रसाद सिटौलाले स्वागत गर्नुभएको थियो।

सो अवसरमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ र कोषाध्यक्ष प्रदीप सरावगी, नेपाल भारत मैत्री संघका झापा अध्यक्ष प्रदीपमणि रेग्मी तथा वडाध्यक्षद्वय गौरव सुब्बा र बन्धु कार्की, उद्योगी व्यवसायी नितेश बर्मा,तोया गड्तौलालगायत सामाजिक व्यक्तित्वहरूको उपस्थिति थियो।

5 thoughts on “गलगलिया भन्सारको स्तरबृद्वि सम्बन्धमा छलफल”
  1. ¡Hola aficionados al casino
    EspaГ±a sin licencia se refiere a operadores que no estГЎn registrados localmente, pero que permiten acceso a usuarios espaГ±oles.
    La licencia internacional ofrece cobertura legal para operadores online. Aunque no sea espaГ±ola, muchas veces garantiza cumplimiento de normas. Verifica si el operador tiene historial limpio.
    Consulta el enlace para más información – http://casinossinlicenciaenespana.guru/
    ¡Por muchos sonrisas!

Leave a Reply

Your email address will not be published. Required fields are marked *