• Tue. Oct 22nd, 2024

गलगलिया नाकालाई सहज मार्ग बनाउन आग्रह

BySaptahik Samachar

२० फाल्गुन २०७८, शुक्रबार १६:१२ २० फाल्गुन २०७८, शुक्रबार १६:१२ २० फाल्गुन २०७८, शुक्रबार १६:१२

भद्रपुर २०,फागुन /भारतीय पक्षले भद्रपुरको सीमा नाका गलगलिया भातगाँवमा रहेको भन्सारको स्तरोन्नति नगर्दा यस क्षेत्रका उद्यमी व्यवसायीहरूले समस्या भोग्नु परेको छ।
झापाको पुरानो नाका भद्रपुर हुँदै भारत जाने मेची पुल र त्यस खण्डमा जाने पहुँच मार्गको निर्माण भए पनि भारत सरकारले भन्सार नाकाको स्तरवृध्दि नगर्दा उद्योगी व्यवसायीले बिभिन्न समस्या भोग्नु परेको हो।. भन्सारको स्तरबृध्दि गर्दै सामान आयात निर्यातको सहज व्यवस्थापन गर्न झापा उद्योग संघले नेपाल उद्योग वाणिज्य महासंघ मार्फत नेपाल र भारत सरकार समक्ष यस अघि पनि आग्रह गरेको झापा उद्योग संघका अध्यक्ष यमवहादुर श्रेष्ठले बताउनुभएको छ।
भद्रपुरको भन्सार नाकालाई नेपाल सरकारले मूल भन्सार कायम गरे पनि भारतीय पक्षले भन्सारलाई स्तरोन्नति गरेको छैन। भन्सार नाकाको स्तरोन्नति नगर्दा नेपालबाट भारत लगायत तेस्रो देश निकासी पैठारी गर्न सकिरहेको छैन भने गलगलिया भएर नेपाल भित्रिने सवारी साधन बेलुका 6 बजे पछि अवरूध्द गरिंदा सर्वसाधारणलाई समेत आवागमनमा कठिनाइ भएको छ।
यसै बिषयमा केन्द्रीत भएर भारतीय पक्षका सीमा अधिकारीसँग छलफल गरी जनस्तरबाट समस्या समाधानको लागि पहल गरिएको छ। झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ ,नेपाल भारत मैत्री संघ का झापा अध्यक्ष प्रदीपमणि रेग्मी , झापा उद्योग संघका कोषाध्यक्ष प्रदीप सरावगी तथा भारत गलगलियाका पूर्व मुखिया तथा भारत नेपाल मैत्री संघका गणेश रायले भारतीय पक्षका सरकारी अधिकारीहरूसंग स्थानीय स्तरमा समस्या समाधानका लागि पहल गरेको नेपाल भारत मैत्री संघका झापा अध्यक्ष प्रदीपमणि रेग्मीले जानकारी दिनुभयो।
रेग्मीका अनुसार छलफलमा गलगलिया ल्याण्ड कस्टम स्टेसनका सुपरिटेन्डेन्ट चन्द्र किशोर , सुदेश कुमार र इन्सपेक्टर विनोद सिंह रहनु भएको थियो। उहाँहरूसँगको छलफलमा भारतबाट बेलुका ६ बजे बन्द हुने गाडी आउने समय छिटै बढाउने र नेपालबाट भारत लगायत तेस्रो देश सामग्री निर्यात गर्ने विषयमा पहल गर्ने सहमति भएको रेग्मीले जनाउनु भएको छ ।

Related Post

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध
One thought on “गलगलिया नाकालाई सहज मार्ग बनाउन आग्रह”
  1. Профессиональный сервисный центр по ремонту бытовой техники с выездом на дом.
    Мы предлагаем: сервисные центры по ремонту техники в москве
    Наши мастера оперативно устранят неисправности вашего устройства в сервисе или с выездом на дом!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed