• Sat. Jul 27th, 2024

गठबन्धनका उम्मेदवार छनौट गर्न सकसः उम्मेद्वारी मिलाउन चार सदस्यीय कार्यदल

BySaptahik Samachar

३ बैशाख २०७९, शनिबार १९:३९ ३ बैशाख २०७९, शनिबार १९:३९ ३ बैशाख २०७९, शनिबार १९:३९

झापा, वैशाख ३ । सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेद्वारी तालमेललाई निष्कर्षमा पुर्‍याउन झापामा चार सदस्यीय कार्यदल गठन गरिएको छ ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंको संयोजकत्वमा गठित कार्यदलमा माओवादी केन्द्रका मोहन टुडु, नेकपा एकीकृत समाजवादीका नीलमणि वराल र जनता समाजवादी पार्टीका गौरीमान राई सदस्य रहेका छन् । गठबन्धन दलका जिल्लास्थित शीर्ष नेताहरुको आज बिर्तामोडमा सम्पन्न बैठकले १० वटा पालिकाहरुका मुख्य पदहरुमा सहमति गरेको छ भने कार्यदलले वाँकी पालिका र वडा तहको सहमति आज रातभरिमा सम्पन्न गरी भोलि विहान वस्ने गठवन्धन दलको वैठकमा प्रस्तुत गर्ने भएको छ ।
प्रतिगमन विरुद्ध संघर्षरत पाँच दलीय गठवन्धनका संयोजक तथा नेपाली काँग्रेसका झापा सभापति देउकुमार थेवेको सभापतित्वमा बसेको आजको वैठकमा नेपाली कांग्रेसका तर्फबाट सुधीरकुमार शिवाकोटी र कृष्ण हुमागाई सहभागी थिए ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट मोहन टुडु,सीपी कडरिया, राजु आचार्य तथा नेकपा एकीकृत समाजवादीका तर्फबाट वेदराज रेग्मी, भाष्कर काफ्ले र इन्द्र वुढाथोकी सहभागी रहेका थिए भने जनता समाजवादी पार्टीका तर्फबाट नित्यानन्दसिंह राजवंशी र दिपेनवाला राई सहभागी थिए ।
वैठक विगतका वैठकहरु भन्दा आजको वैठक उपलव्धि मूलक रहेको कार्यदलका संयोजक हुमागाईले बताए ।

One thought on “गठबन्धनका उम्मेदवार छनौट गर्न सकसः उम्मेद्वारी मिलाउन चार सदस्यीय कार्यदल”

Leave a Reply

Your email address will not be published. Required fields are marked *