• Sat. Jul 27th, 2024

मृगौला पीडितलाई खाद्यान्न सहयोग

BySaptahik Samachar

३ फाल्गुन २०७९, बुधबार २०:५४ ३ फाल्गुन २०७९, बुधबार २०:५४ ३ फाल्गुन २०७९, बुधबार २०:५४

भद्रपुर, ३ फागुन / दुवै मृगौला खराब भएर डाइलोसिस गराइरहेका झापा भद्रपुरका एक विरामीलाई खाद्यान्न सहयोग गरिएको छ।

कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यसमेत रहेका भद्रपुर – ६ शारदा टोलका गोपालचन्द्र मण्डललाई घरमै पुगेर खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो।

मण्डल परिवारलाई बुधवार प्रदेश एकका पूर्व मन्त्री ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र ६ नम्बर वडा अध्यक्ष रतिया राजवंशीले एक संक्षिप्त कार्यक्रमका बीच राहत सामग्री प्रदान गर्नुभएको हो।

मण्डलका ९६ वर्षीय बुवा र ८० बर्षीय आमा जीवित हुनुहुन्छ। टेलरिङ व्यवसाय गरेर परिवारको गुजारा गर्ने मण्डल आफै मृगौला रोगी भए पछि स्वास्थ्य उपचारसंगै परिवार पाल्न पनि आर्थिक संकट सुरू भएको छ।

गंगामाया-नरवहादुर क्यान्सर पीडित संस्थाका अध्यक्ष भुपाल बस्नेतको सहजीकरणमा भएको कार्यक्रममा कर्णाली साकोसले १०हजार र संस्थाका सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकका अध्यक्ष टीकाराज ढकालले १० हजार वरावरको र समाजसेवी महिला मुना दाहालले समेतले खाद्यान्न सहयोग गर्नु भएको थियो।
सो कार्यक्रममा पूर्व मन्त्री सरावगी,नगर प्रमुख पोखरेल र वडाध्यक्ष राजवंशीले स्वास्थ्य लाभको कामना गर्दै सहयोग गर्न आह्वान गर्नुभयो। त्यस अवसरमा पूर्व मन्त्री सरावगीले ५ हजार १सय र ६ नम्बर वडा अध्यक्ष रतिया राजवंशीले वडा कार्यालयको तर्फबाट १० हजार सहयोग गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *