• Sat. Jul 27th, 2024

कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान

BySaptahik Samachar

२७ बैशाख २०८१, बिहीबार ०६:५७ २७ बैशाख २०८१, बिहीबार ०६:५७ २७ बैशाख २०८१, बिहीबार ०६:५७

भद्रपुर २७,वैशाख / कोशी प्रदेशमा छैठौं पटक नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अन्तर्गत नै सरकार गठनका लागि आह्वान गर्नु भएको हो ।
उहाँले सरकारको दाबी पेश गर्ने दुई दिनको समय दिनुभएको छ ।
कोशीका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत् प्रदेशसभाले समय सीमा दिइएको थियो । संकल्प प्रस्तावको पक्षमा ५२ जना सांसद उभिएका थिए । तर, विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा कार्की रहेपछि एमाले माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।

सरकार गठनको आह्वान भएलगत्तै एमाले–माओवादीले हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग लिएर बहुमत सदस्यको दाबी गर्ने तयारी गरेका छन् ।
आफूसहित ८ जना सांसद लिएर आएपछि कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसदले काँध थापेका थिए । कार्की सरकार पनि धारा १६८ (५) अन्तर्गन नै गठन भएको हो । यो धारा अनुसार मुख्यमन्त्री दाबी गर्न संसदीय दलको नेता चाहिँदैन । प्रदेशसभाका जोसुकै सदस्यले बहुमत जुटाएर सरकार गठनका लागि दाबी गर्न सक्छन् । कार्कीलाई पछि माओवादी र कांग्रेसले विश्वासको मत दिएका थिए ।
संसदको यो कार्यकालमा योसहित सरकार गठनको छैटौं पटक सरकार गठनको आह्वान भएको हो । यसअघि कोशीमा २ पटक हिक्मत कार्की, २ पटक उद्धव थापा मुख्यमन्त्री बनिसक्नुभएको छ । केदार कार्की असोज २७ मा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

69 thoughts on “कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *