• Sat. Jul 27th, 2024

कोभिसिल्डको दोस्रो मात्रा साउनमै लगाउन पाइने

BySaptahik Samachar

१८ श्रावण २०७८, सोमबार ११:०५ १८ श्रावण २०७८, सोमबार ११:०५ १८ श्रावण २०७८, सोमबार ११:०५

साप्ताहिक समाचारदाता /भद्रपुर १८ साउन /कोरोना भाइरस बिरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका नागरिकले साउन महिना भित्रै दोस्रो मात्रा लगाउन पाउने भएका छन । जापानले उपलब्ध गराउने एस्ट्राजेनेका खोप यसै साता नेपाल आइपुग्ने भए पछि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका करीब १४ लाख मानिसले दोस्रो मात्रा लगाउन पाउने भएका हुन ।


बेलायतमा उत्पादन भएको एस्ट्राजेनेका खोप र भारतमा निर्माण भएको कोभिसिल्ड एउटै प्रणालीमा आधारित खोप भएकाले पहिलो मात्रा कोभिसिल्ड लगाएकाले दोस्रो मात्रा एस्ट्राजेनेका खोप लगाउन मिल्ने बिज्ञहरुले बताइसकेका छन ।


स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख भेरोसिल खोप र जापानबाट १६ लाख एस्ट्राजेनेका खोपको मात्रा यही साता नेपाल आउने जानकारी गराउनुभयो । गृह मन्त्रालयमा हिजो भएको छलफलमा उहाँले यसबारेमा जानकारी गराउनुभएको हो । चीनले यसअघि पनि नेपाललाई दुई चरणमा १८ लाख मात्रा भेरोसिल खोप अनुदानमा दिएको थियो । त्यसबाहेक सरकारले चीनसँग ४० लाख डोज खोप पनि खरिद गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *