भद्रपुर २५, माघ / मेची अस्पताल भद्रपुरमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुने दुवै महिला हुन् ।जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका वडा नं ८ की २८ वर्षीय र इलामकी ६५ वर्षिया महिलाको मृत्यु भएको हो।झापामा लगातार कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ । सोमबार अर्जुनधारा ९ की ४५ वर्षिया महिलाको मृत्यु भएको थियो । हालसम्म झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७१ पुगेको छ ।यसैबीच मंगलबार झापामा १७ महिला र १४ पुरुष गरी ३१ जना नयाँ संक्रमित थपिएका छन् । मंगलबारसम्म जिल्लामा १११३ जना सक्रिय संक्रमित रहेका छन् । Post Views: 252 Post navigation राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाडेको घोषणा /सहयोगीहरूको साथ पाउने सम्भावना कम /निर्णय पुनर्विचार गर्न अध्यक्ष लिङ्देनको आग्रह सडक दुर्घटनामा झापामा दुई जनाको मृत्यु!