• Sat. Jul 27th, 2024

के के एफ सी निर्मल बान्तवा मेमोरियल फुटबल प्रतियोगिताको फाइनलमा

BySaptahik Samachar

११ माघ २०७९, बुधबार २०:१३ ११ माघ २०७९, बुधबार २०:१३ ११ माघ २०७९, बुधबार २०:१३

भद्रपुर ११,माघ / झापा,पृथ्वीनगरको के के फुटबल क्लब भद्रपुरमा जारी निर्मल बान्तवा मेमोरियल फूटवल प्रतियोगिताको फाइनलमा पुगेको छ। भद्रपुर-१०स्थित कलवलगुरी प्राथमिक विद्यालयको खेल मैदानमा माघ ७ गतेदेखि जारी प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनलमा दमक ट्रेनिङ सेन्टरलाई शून्यमा रोक्दै के के एफ सीले फाइनल यात्रा तय गरेको हो।

आजको विजेता टिमका जर्सी नं.१० का खेलाडी शक्ति राईले गरेको एक गोल नै निर्णायक बन्न पुग्दा पृथ्वीनगर टीम फाइनलमा पुगेको हो । गोल गर्ने राई आजको खेलका म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोलि काँकडभिट्टा ट्रेनिङ सेन्टर र शनिश्चरे फुटबल क्लब शनिश्चरे वीच हुने आयोजक समितिका सचिव सरोज काफ्लेले जानकारी दिनुभयो।
भोलिका विजेता र के के एफ सी बीच माघ १४ गते उपाधि भिडन्त हुनेछ। उपाधि विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार नगद राशि सहित शील्ड,ट्रफी र प्रमाण पत्र पाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *