• Sun. May 19th, 2024

कृति विमोचन सहित अनेसास बेल्जियम च्याप्टरको आठौँ अधिवेशन सम्पन्न

BySaptahik Samachar

१४ चैत्र २०७८, सोमबार ०८:०६ १४ चैत्र २०७८, सोमबार ०८:०६ १४ चैत्र २०७८, सोमबार ०८:०६

भद्रपुर १४ चैत्र / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको अध्यक्षमा डिल्ली अम्माई सर्वसम्मत चयन हुनुभएको छ। बेल्जियमको आन्त्वेर्पेन शहरमा हिजो आइतबार भएको अनेसासको ८ औं अधिवेशनले डिल्ली अम्माईको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो। जसको उपाध्यक्षमा सौरभ कारन्जित,महासचिव लोकनाथ शर्मा,सचिव गोपाल दाहाल,कोषाध्यक्ष श्रीराम प्रसाई र सदस्यहरुमा क्रमश: मुना ताम्राकार,बुध्द बस्नेत,बुद्धि बराल र कौशल खनाल रहनुभएको छ ।
समाजका अध्यक्ष प्रमानन्द सापकोटाको सभापतित्वमा भएको अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले गर्नुभएको थियो। सोही अवसरमा रचना वाचन तथा कृति विमोचन कार्यक्रम समेत सम्पन्न भएको वेल्जियमबाट विमल गिरीले जानकारी दिनुभयो।
प्रमुख अतिथि बेनेलक्सका महामहिम राजदुत राजभण्डारीका साथै बिशेष अतिथि एनआरएनएका उपाध्यक्ष लाल गुरुङ, साहित्य समाजका सल्लाहकारहरु क्रमशः बिमल गिरी तथा दिपेन्द्र केसीले “युरोपका नेपाली कविताहरु” नामक संगालोको संयुक्त रुपमा बिमोचन गर्नुभएको थियो । अनेसास बेल्जियमका कोषाध्यक्ष गोपाल दाहालले विमोचित कविता संग्रहको समीक्षा गर्नुभएको थियो।
महासचिव सौरभ कारन्जितको संचालनमा भएको खुला सत्रमा अतिथिहरुले अधिवेशन सफलताको शुभकामना दिनुका साथै समाजका उपाध्यक्ष मोहन खत्रीले स्वागत मन्तब्य राख्नुभएको थियो ।बन्द सत्रले अनेसासलाई अझ बिस्तार र ब्यापक बनाउदै लैजानको लागि अझै सदस्यहरु थप गर्ने जिम्मेवारी अध्यक्ष सहित कार्य समितिलाई दिएको छ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को ७० देशमा शाखा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *