• Sat. Jul 27th, 2024

कुर्सीको राजनीतिः दमकमा राप्रपासँग गठबन्धन

BySaptahik Samachar

१२ बैशाख २०७९, सोमबार ०९:५० १२ बैशाख २०७९, सोमबार ०९:५० १२ बैशाख २०७९, सोमबार ०९:५०

राजनीतिमा कोही कसैको शत्रु हुँदैन र कोही मित्र हुँदैन भन्ने कि कुर्सीका लागि जोसंग जसरी पनि गठबन्धन गर्छन् भनेर बुझ्ने! झापामा उम्मेदवार बन्ने बनाउने पछिल्लो चलखेलमा देखिएको अलग अलग ध्रुवका राजनीतिक दलको साँठगाँठले राजनीति आस्था होइन स्वार्थ हो भन्ने भान पारेको छ।
राजनीति भनेको बोल्ने र गर्ने अर्थात् कथनी र करणी फरक हो भन्ने पनि लाग्ने गरीका क्रियाकलाप हरेक पाटीको नेतृत्वबाट भइराखेको छ।
राप्रपाको बर्चस्व रहेको झापाको कचनकवल गाउँ पालिकामा गठबन्धनको मुख्य दल नेपाली काङ्ग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक भएर राप्रपा हराऊ अभियानमा एक भए भने त्यसको वदलामा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपाले दलीय गठबन्धनसंग साँठगाँठ गरेको छ। राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपाले झापामा गठबन्धनको चुनावी तालमेलमा सहभागी बनेको छ र उसले ओलीको गृहनगर दमकमा राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले नगर प्रमुखको उम्मेदवारसहित दुईवटा वडाध्यक्ष लिने सहमति गरेर तालमेलमा सहभागी भएको हो ।

नेपाली काँग्रेससहितको गठबन्धनबाट थापा नगर प्रमुखमा र माओवादी केन्द्रका नेता गगन पुरी उपप्रमुखको उम्मेदवार बनेका छन् । यसभन्दा अघि भएको पहिलो स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा राम थापाले दोस्रो र गगन पुरीले तेस्रो धेरै मत पाएका थिए ।

नगर प्रमुखमा नेकपा एमालेका रोमनाथ ओली विजयी बनेका थिए । राप्रपालाई मेयरसहित दुईवटा वडा, माओवादीलाई उपमेयरसहित दुईवटा वडा र काँग्रेसलाई छवटा वडा तथा जसपा, नेकपा एसलगायतका दललाई वडा सदस्य तथा कार्यपालिकामा मनोनयन गर्ने गरी सहमति भएको बताइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *