• Sat. Feb 24th, 2024

किरात लिपि र भाषाको पठनपाठन सुरु

BySaptahik Samachar

७ श्रावण २०७९, शनिबार २०:३६ ७ श्रावण २०७९, शनिबार २०:३६ ७ श्रावण २०७९, शनिबार २०:३६

भद्रपुर / झापाको हल्दिबारी-३ स्थित किराँत तेमेन युमा माङहिममा किराँत लिपि पठनपाठन कार्यक्रम सुरूआत भएको छ ।
किराँत भाषा लिपि संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले त्यहाँस्थित माङहिमको प्राङ्गणमा शनिबारबाट निःशुल्क किराँत लिपि पठनपाठनको त्रैमासिक कक्षा संचालन भएको हो।
मिक्कीफुङ ” मा पान्जुभो ” को आयोजनामा सञ्चालित लिपि पठनपाठन कक्षा सञ्चालन कार्यक्रमको उद्घाटन हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनको प्रमुख आतिथ्य र लालवहादुर कन्दङवाको अध्यक्षतामा भएको लिपि-भाषा प्रशिक्षण गर्नु हुने सरस्वती कन्दङ्वाले जानकारी दिनुभयो।

यस प्रकारको लिपि भाषा कक्षा क्रमशः हल्दिबारीको २,४ र ५ नं.वडाका साथै भद्रपुरको सोमबारेमा पनि सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *