• Sat. Jul 27th, 2024

कारितासद्वारा मेची अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

BySaptahik Samachar

११ श्रावण २०७८, सोमबार १८:५० ११ श्रावण २०७८, सोमबार १८:५० ११ श्रावण २०७८, सोमबार १८:५०

भद्रपुर, ११ साउन /साप्ताहिक समाचारदाता । झापा, भद्रपुरको मेची प्रादेशिक अस्पताललाइ कारितास नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मेची प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंकप्रसाद बारकोटी र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेललाइ आज एक संक्षिप्त कार्यक्रम गरी कारितास नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
कारितास नेपालका दमकस्थित क्षेत्रीय प्रवन्धक देवेन्द्र पोख्रेलले मेची प्रादेशिक अस्पताललाई १० थान अक्सिजन सिलिन्डर , २५ हजार ७ सय ५० थान सर्जिकल मास्क, ५ हजार जोडी सर्जिकल ग्लोव्स, ५सय एम एलको २ सय १० थान सेनिटाइजर, ४ थान अक्सिजन कन्सनट्रेटर , ४ सय ५० थान पिपिइ सेट, ३४ थान पल्स अक्सिमीटर र १ सय ४४ थान भेन्टरी मास्क रहेको कारितास नेपालका भद्रपुर स्थित हेल्प डेस्कका नविन पौडेलले जानकारी दिनुभयो ।
सो अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पोर्तेल,भद्रपुर न.पा.का प्रमुख जीवनकुमार श्रेष्ठ, मेडिकल सुपरिटेन्डेन्ट डा. वारकोटी र कारितासका प्रवन्धक पोखरेलले मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *