• Sat. Feb 24th, 2024

एसएलसी पास हुने पहिलो विद्यार्थीबाट डेढ लाख बढी सहयोग

BySaptahik Samachar

३२ श्रावण २०७८, सोमबार १४:१२ ३२ श्रावण २०७८, सोमबार १४:१२ ३२ श्रावण २०७८, सोमबार १४:१२

साप्ताहिक समाचारदाता /

भद्रपुर ३२साउन /झापाको भद्रपुर माध्यमिक विद्यालयको मर्मत सुधारका लागि पूर्व विद्यार्थीहरूद्वारा रकम जुट्ने क्रम जारी छ। सो क्रममा भद्रपुर माविबाट एसएलसी उत्तीर्ण हुने पहिलो विद्यार्थी महावीर गोयल तथा तिनको परिवारबाट १ लाख ५१ हजार सहयोग प्राप्त भएको छ। गोयल परिवारको पुरानो घर भद्रपुर भए पनि हाल उहाँहरू काठमाडौंमा बस्नु हुन्छ।

त्यसैगरी विद्यालयको मर्मत सम्भारका लागि गठन गरिएको पूर्व विद्यार्थीहरूको पहलमा हाल काठमाण्डु नै बस्ने पूर्व विद्यार्थी राजेन्द्र नेपालले ५०हजार सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कुलवहादुर गुरुङले जानकारी दिनुभयो।
पूर्व विद्यार्थीहरूको अग्रसरतामा स्रोत संकलन शुरू भए यता विद्यालय मर्मत सुधारका लागि १४ लाख बढी रकम संकलन भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *