• Sat. Jul 27th, 2024

एमाले नेपाल पक्षका १५सांसदले संसद छोडे

BySaptahik Samachar

३ श्रावण २०७८, आईतवार २१:४४ ३ श्रावण २०७८, आईतवार २१:४४ ३ श्रावण २०७८, आईतवार २१:४४

भद्रपुर ३,साउन /साप्ताहिक समाचारदाता /संसद भवनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदै गर्दा नेकपा एमालेको माधव नेपाल पक्षका १५ सांसदहरुले तटस्थ बस्ने निर्णय गरेका छन् ।

एमालेको विवाद समाधानका लागि गठन भएको कार्यदलका सदस्य सहित अन्य सांसदहरुले यस्तो निर्णय गरेका हुन् ।देउवालाई विश्वासको मत दिने विषयमा विवाद भएकै कारण विघटित कार्यदलका नेपाल पक्षका संयोजक भीम रावलले भने सांसदवाट राजिनामा दिइसकेका छन् । एमाले विवाद मिलाउन गत जेठ २ गते गठित कार्यदलमा रहेका नेपाल पक्षीय सदस्यहरुसहित १५ सांसदले विश्वासको मतका क्रममा तटस्थ बस्ने निर्णय लिएको सो पार्टीका नेताले बताएका छन् । आन्तरिक छलफलपछि नेपाल पक्षका १५ जना सांसदहरु पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णयमा पुगेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले मत दिने निर्णय गरेपछि नेपाल पक्षका सांसदहरु मत नदिने निर्णयमा पुगेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *