• Sat. Jul 27th, 2024

एमरेल्ड भद्रपुरमा युवा रेडक्रस सर्कल पुनर्गठन

BySaptahik Samachar

३० श्रावण २०८०, मंगलवार २०:३७ ३० श्रावण २०८०, मंगलवार २०:३७ ३० श्रावण २०८०, मंगलवार २०:३७

भद्रपुर / नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले विद्यालय स्तरमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन गर्ने क्रममा एमरेल्ड एकाडेमी भद्रपुरमा युवा रेडक्रस सर्कल गठन गरेको छ। कक्षा – ११ का विद्यार्थी नवीन तिमल्सिनाको अध्यक्षतामा मंगलबार ११ सदस्यीय युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको हो।
समितिको उपाध्यक्षमा पुष्पा दाहाल, सचिव-आरजु गिरी, कोषाध्यक्ष-निकीमा थापा र उप सचिवमा विशाल मुखिया हुनुहुन्छ। सर्वसम्मत गठित समितिमा सौरभ भट्टराई, सजल खत्री, सतिस यादव, उत्साही कर्ण, रियान्स गोयल र कुन्साङ तामाङ सदस्यमा हुनुहुन्छ।
नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सचिव केदार महत समेत उपस्थित रहेको भेलाले शिक्षक नायकमा मनकुमार अधिकारीलाई तय गरेको छ भने विद्यालयका प्रिन्सिपल जुनियर /युवा रेडक्रस सर्कलको पदेन संरक्षक रहने व्यवस्था अनुसार संरक्षकमा प्रिन्सिपल दिगम्बरराज अधिकारी हुनुहुन्छ।
नवीन तिमल्सिनाको अध्यक्षता तथा रेडक्रस उपशाखा भद्रपुरका सभापति गोपाल गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा भद्रपुर ७ का निवर्तमान वडाध्यक्ष तथा बालमैत्री चेम्पेन विनोदप्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य राख्दै बाल बालिकालाई मानव सेवामा प्रवेश गराउन जुनियर रेडक्रस सफल हुने धारणा राख्नुभएको थियो ।
रेडक्रस भद्रपुरले सेन्ट कुजुर र पृथ्वी आधारभूत विद्यालयमा यस अघि नै युवा रेडक्रस सर्कल पुनर्गठन गरिसकेको रेडक्रस भद्रपुरका सचिव केदार महतले जानकारी दिनुभयो।

13 thoughts on “एमरेल्ड भद्रपुरमा युवा रेडक्रस सर्कल पुनर्गठन”
  1. This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!

  2. I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.

Leave a Reply

Your email address will not be published. Required fields are marked *