• Fri. Oct 25th, 2024

एक वर्षको कैद सजाय भुक्तान गरी भारतीय फोटोग्राफर थुनामुक्त

BySaptahik Samachar

२ मंसिर २०७९, शुक्रबार १८:१६ २ मंसिर २०७९, शुक्रबार १८:१६ २ मंसिर २०७९, शुक्रबार १८:१६
जेल मुक्त भए पछि आफ्नी आमासँग खुसी साट्दै दुर्लभ

भद्रपुर / एक वर्षदेखि थुनामा रहेका भारतीय फोटोग्राफर दुर्लभ राय चौधरी झापा कारागारबाट थुनामुक्त भएका छन्। मुद्रा सम्वन्धी कसुरमा झापा कारागारमा रहेका चौधरी एक वर्षको कैद सजाय भुक्तान गरी शुक्रबार रिहा भएका हुन्।
अमेरिकी डलरको कलर फोटो कपि(नक्कली डलर जस्तै लाग्ने) बोकेको कसुरमा चौधरीलाई गत वर्ष मङ्सिर २ गते प्रहरीले पक्राउ गरी झापा जिल्ला अदालतमा पेश गरेको थियो। नेपालमा ट्राभल भ्लग र प्राकृतिक सौन्दर्यको फोटोग्राफी गर्ने सदिच्छा राखेर नेपाल भित्रिएका रायले सुटिङ प्रयोजनका लागि भनेर ल्याएको सो फोटो कपि (डलर बोक्ने)-को स्वीकृति /अनुमति नलिएको कारण प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पछि अदालतमा पेश हुँदा खोटा मुद्रा अपचलनको आरोपमा उनलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो।
थुनामा राखेको ८ महिना पछि झापा जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको इजलासले खोटो मुद्रा बोकेको कसुरमा उनलाई एक वर्ष कैद र १५ हजार रूपैयाँ जरिमाना तिराउने फैसला गरेको थियो।
फैसला बमोजिम जेल सजाय भुक्तान गरी शुक्रबार जेल मुक्त भएका राय चौधरीले खराब मनसायबाट आफू नेपाल नआएको र आफूले बोकेको डलर फोटो कपि मात्रै भएको जान्दा जान्दै पनि अनाहकमा जेल जीवन भोग्न बाध्य भएको दुखेसो पोख्दै जेल मुक्त भए लगत्तै पशुपति नाथको दर्शन गर्ने इच्छा प्रकट गरेका छन्।

Related Post

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध
One thought on “एक वर्षको कैद सजाय भुक्तान गरी भारतीय फोटोग्राफर थुनामुक्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed