• Mon. Dec 15th, 2025

एक पटक रक्तदानःतीनजनाको बच्छ जीवन

BySaptahik Samachar

१ श्रावण २०७८, शुक्रबार २०:५१ १ श्रावण २०७८, शुक्रबार २०:५१ १ श्रावण २०७८, शुक्रबार २०:५१

रक्तदान महादान’ । हामीले आफ्नो शरीरलाई सग्लो राखेर परोपकारका लागि गर्न सकिने सबैभन्दा सजिलो काम हो, रक्तदान । यसलाई ‘महादान’ पनि भनिएको छ । किनभने हामीले रक्तदान गर्दा त्यसले अरु विरामी वा रोगीले नयाँ जीवन पाउन सक्छन् । एक युनिट रगतले पनि कसैको ज्यान बच्न सक्छ ।

यद्यपि मान्छेहरु रक्तदान गर्नमा उति जागरुक छैनन्, जति यसको महत्व र जरुरी छ । विभिन्न स्थानमा रक्तदानको अभियान नै चलाइएको हुन्छ, तर मान्छेहरु रक्तदानका लागि तयार हुँदैनन् । यसो हुनुमा रक्तदानप्रति मान्छेको गलत धारणा पनि एक हो ।

कतिपयले के भन्छन् भने रक्तदान गर्ने क्रममा अरु रोग सर्न सक्छ । जस्तो कि, एड्स, क्यान्सर आदि । तर, चिकित्सकहरु यस्तो कुरा स्वीकार्दैनन् । उनीहरु भन्छन्, रक्तदानले केवल अरुलाई जीवनदान मात्र मिल्दैन, स्वयम् दातालाई पनि फाइदा गर्छ ।

एक स्वस्थ व्यक्तिले रक्तदान गर्नु पूर्ण रुपमा सुरक्षित छ । जब रक्तदान गर्नका लागि जानुहुन्छ, तब चिकित्सकले तपाईंको हेमोग्लोबिन, ब्लड प्रेशर र तौल जाँच गर्छन् । सबै कुरा ठीकठाक वा सामान्य भएमा तपाईंलाई रक्तदानका लागि अनुमति दिइन्छ । १८ देखि ६० वर्षसम्मका कुनै पनि स्वस्थ व्यक्तिले वर्षमा तीन वा चार पटक सम्म रक्तदान गर्न सक्छन् । रक्तदान गर्नका लागि तपाईंको शरीरको तौल ४५ केजीभन्दा माथि हुनुपर्छ ।

किन जरुरी छ रक्तदान

तपाईंको एक युनिट ब्लडले लगभग तीन जना व्यक्तिको ज्यान बच्न सक्छ । यसैले पनि हरेक स्वस्थ व्यक्तिले रक्तदान गर्न उचित हुन्छ । रगतलाई अरु हिसाबले बनाउन सकिंदैन न यसको कुनै अर्को विकल्प छ । शल्यक्रियाको क्रममा वा दुर्घटनापछि जब कुनै व्यक्तिको उपचार गर्नुपर्छ, उनीहरुलाई रगतको जरुरी हुन्छ । उक्त आवश्यकता तपाईंले दान गर्नुभएको रगतले परिपूर्ति गर्छ । त्यसैले यसलाई महादान भनिएको हो ।

रक्तदानको फाइदा

रक्तदान गर्नु पनि आफैंमा फाइदाजक छ । यसले खासगरी मुटुलाई स्वस्थ बनाइराख्न सहयोग गर्छ । साथसाथै अरुको मुटुको ढुकढुकी कायम राख्न पनि तपाईंको रक्तदान जरुरी हुन्छ ।

-रक्तदानले तपाईंलाई हृदयघात, स्ट्रोक जस्तो विरामीबाट सुरक्षित राख्छ । रक्तदान गरेपछि रगत पातलो हुन्छ, जो मुटुको लागि राम्रो मानिन्छ ।

-रक्तदानले शरीरमा आयरनको मात्रा सन्तुलित हुन्छ, जसले क्यान्सर र लिभरको समस्याबाट बच्नमा सहयोग गर्छ ।

-रक्तदान गर्नाले तपाईंको शरीरमा नयाँ रक्तकोषिका बन्छ, जसले तपाईंमा नयाँ उर्जा मिल्छ ।

-रक्तदानपछि हेपटाइटिस बी, सी, एचआईभी र केही रोगको परीक्षण गरिन्छ । अतः यस्ता संभावित रोगको शुरुमै पहिचान गर्न सहयोग हुन्छ ।

रक्तदानपछि हुने केही साइड इफेक्ट

रक्तदानपछि केही शारीरिक कमजोरी महसुस हुनसक्छ । कतिपयलाई चक्कर लाग्छ, वान्ता पनि हुन्छ । सुई लगाएको ठाउँमा दुखाइ महसुस हुन्छ । तर, बुझ्नुपर्ने कुरा त के भने यस्तो साइड इफेक्ट एकदमै कम मान्छेमा मात्र हुन्छ । साथै यी सबै कुरा एकदमै सामान्य हुन्छ, जो चाँडै निको भइहाल्छ ।

साभारः

8 thoughts on “एक पटक रक्तदानःतीनजनाको बच्छ जीवन”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *