• Sat. Jul 27th, 2024

ऋणी सदस्यको निधन पश्चात स्वर्गद्वारी सहकारी ले गर्यो ऋण मिनाहा

BySaptahik Samachar

२३ बैशाख २०८१, आईतवार १७:०५ २३ बैशाख २०८१, आईतवार १७:०५ २३ बैशाख २०८१, आईतवार १७:०५

भद्रपुर २२,वैशाख / ऋणी शेयर सदस्यको निधन भएपछि भद्रपुरको एक सहकारी संस्थाले निजले लिएको ऋण मिनाहा गर्दै जम्मा भएको बचत रकम परिवारका सदस्यलाई हस्तान्तरण गरेको छ। झापा भद्रपुर – ८ को स्वर्गद्वारी कृषि सहकारी संस्थाले भद्रपुर – ६ निवासी मोहन चौधरीले लिएको एकलाख मध्येको ८४ हजार ४९६ रूपैयाँ ऋण मिनाहा गरेको हो।

सहकारीका अध्यक्ष गोपालबहादुर
थापाका अनुसार सहकारीका सक्रिय सदस्य उहाँले जम्मा गरेको रकम र त्यसको ब्याज समेत गरी जम्मा भएको ६१ हजार १७ रूपैयाँ परिवारलाई आजै प्रदान गरिएको छ। अध्यक्ष थापाले सो रकम बराबरको चेक परिवारका सदस्य चेतन चौधरीलाई सहकारीकै कार्यालयमा हस्तान्तरण गरेको जनाउनुभयो। परिवारको मूल मान्छेकै निधन भएपछि ऋण तिर्न कठिन हुने ठानेर सहकारीले मिनाहा गरेको अध्यक्ष थापाले बताउनुभयो। चौधरीको २०८० फागुन २३ गते निधन भएको थियो।

64 thoughts on “ऋणी सदस्यको निधन पश्चात स्वर्गद्वारी सहकारी ले गर्यो ऋण मिनाहा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *