• Sat. Feb 24th, 2024

उद्योग वाणिज्य संघको साधारण सभाः संघका ७ पूर्व अध्यक्ष सम्मानित

BySaptahik Samachar

१४ बैशाख २०८०, बिहीबार १८:५५ १४ बैशाख २०८०, बिहीबार १८:५५ १४ बैशाख २०८०, बिहीबार १८:५५

सञ्चारकर्मी राजवावुलाई नगदसहित सम्मान

भद्रपुर १४ वैशाख / एक सञ्चार कर्मी सहित ७ जना पूर्व अध्यक्षहरूलाई सम्मान गर्दै झापा उद्योग वाणिज्य संघको ५४ औं साधारण सभा तथा २४ औं अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा भद्रपुरमा साधारण सभा उद्घाटन भएको हो। कार्यक्रममा झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरू महावीरप्रसाद गोयल, ओमप्रकाश सरावगी, मदनलाल गुप्ता, राजकुमार अग्रवाल, नारायण ढुङ्गाना, उमेश डालमिया र राजेन्द्र घिमिरेलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरिएको थियो। कार्यक्रममा झापा उद्योग वाणिज्य संघले साप्ताहिक समाचारका सम्पादक राजवावु शंकरलाई नगद सहित सम्मान गरेको हो। सञ्चारकर्मी शंकरलाई पत्रकारिताको माध्यमबाट संस्थाको गतिविधिलाई निष्पक्ष प्रकाशन गरेर पुर्‍याएको सेवाको मूल्याङ्कन गर्दै नगद र सम्मान पत्र प्रदान गरेको जनाइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि वैद्य, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, महासंघका केन्द्रीय सदस्यहरू उमेश डालमिया र नरेन्द्रकुमार खड्का, महासंघ कीर्तिपुरकी अध्यक्ष राज्यलक्ष्मी शाक्य, झापाका पूर्व अध्यक्ष राजेन्द्र घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरू राजुको अध्यक्षतामा भएको कार्यक्रममा संघका विशिष्ट सदस्य अजय साहेवालाले स्वागत मन्तव्य र महासचिव पंकज शर्माले कार्यक्रम संचालन गर्नुभएको थियो।
झापा उद्योग वाणिज्य संघको यो वर्ष निर्वाचन वर्ष पनि भएकोले आगामी वैशाख २८ गते निर्वाचनको कार्यक्रम तय भएको संघका प्रेस सल्लाहकार रोहित काफ्लेले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *