• Sun. Jul 21st, 2024

उत्कृष्ट दुई जनालाई सम्मान गर्दै परिवार नियोजन दिवस मनाइयो

BySaptahik Samachar

३ आश्विन २०७८, आईतवार २१:२३ ३ आश्विन २०७८, आईतवार २१:२३ ३ आश्विन २०७८, आईतवार २१:२३

भद्रपुर, ४ असोज /दुई जनालाई सम्मान गर्दै झापाको भद्रपुरमा ८ औं राष्ट्रिय परिवार नियोजन दिवस तथा ६३ औं परिवार नियोजन स्थापना दिवस मनाइएको छ। सम्विधान दिवसको सन्दर्भ समेत जोडेर संघले उत्कृष्ट कर्मचारीका रूपमा प्रकृति बाँस्तोला गिरी र उत्कृष्ट स्वयंसेवी भद्रपुर – ९ निवासी परिवार नियोजन संघका आजीवन सदस्य दुर्गाप्रसाद भट्टराईलाई हिजो सम्मान गरिएको हो ।
संघको कार्यालय भद्रपुरमा सम्विधान सभा सदस्य तथा परिवार नियोजन संघका पूर्व महासचिव रविन कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता संघका सभापति लोकनाथ भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा संघका गतिविधिका वारेमा विभिन्न महानुभावहरूले चर्चा गर्नुभएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *