• Sat. Jul 27th, 2024

उज्यालो नायक घिसिङको पुनरागमन

BySaptahik Samachar

२७ श्रावण २०७८, बुधबार १३:०० २७ श्रावण २०७८, बुधबार १३:०० २७ श्रावण २०७८, बुधबार १३:००

काठमाडौं समाचारदाता /साउन २६/उज्यालो नायक कुलमान घिसिङको विद्युत प्राधिकरणमा पुनरागमन भएको छ।नवनियुक्त कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा मन्त्री पम्फा भुसाललाई घिसिङलाई प्राधिरणमा ल्याउने प्रबन्ध मिलाउनका लागि ठाडो निर्देशन दिएका थिए । त्यससँगै आजबाट घिसिङलाई प्राधिकरणको जिम्मेवारी दिइएको हो ।

सोमबार नै सरकारले उनलाई नियुक्त गर्ने निर्णय गरे पनि आवश्यक प्रक्रियाहरु पूरा नभएका कारण घिसिङको नियुक्त रोकिएको थियो । यद्यपि आज सबै प्रक्रियाहरु पूरा गरेर उहाँलाई प्राधिकरणमा ल्याइएको हो ।

यता प्राधिकरणका निवर्तमान सीईओ हितेन्द्रदेव शाक्यलाई भने ऊर्जा मन्त्रालयको ऊर्जा विभागमा उपसचिव सरहको सुविधा उपलब्ध गराएर स्थानान्तरण गरिएको छ ।

यसअघि आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी गत भदौमा घिसिङ प्राधिकरणबाट बिदा हुनु भएको थियो। अघिल्लो कार्यकालमा लोडसेडिङ अन्त्य गरेका घिसिङलाई कार्यकाल सकिए पनि पुनः नियुक्ति दिनका लागि आवाज उठेको थियो ।उहाँको योगदानबाट प्रभावित समूहले उज्यालो नायक भनेर सामाजिक सञ्जालमा फेरि प्राधिकरणमै ल्याउन माग भएको थियो।

4 thoughts on “उज्यालो नायक घिसिङको पुनरागमन”
  1. Everything is very open with a clear explanation of the challenges. It was definitely informative. Your site is extremely helpful. Many thanks for sharing.

  2. Can I just say what a relief to discover a person that actually knows what they are discussing on the net. You actually know how to bring an issue to light and make it important. More people should look at this and understand this side of your story. I was surprised that you aren’t more popular since you certainly possess the gift.

  3. I have to thank you for the efforts you have put in penning this blog. I’m hoping to see the same high-grade content by you later on as well. In truth, your creative writing abilities has inspired me to get my own website now 😉

Leave a Reply

Your email address will not be published. Required fields are marked *