• Fri. May 16th, 2025

आयोजक झापा-११ झापा गोल्डकपको फाइनल प्रवेश

BySaptahik Samachar

२८ फाल्गुन २०७८, शनिबार १८:२८ २८ फाल्गुन २०७८, शनिबार १८:२८ २८ फाल्गुन २०७८, शनिबार १८:२८

बिर्तामोड,२८ फागुन / घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो ।
झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६ औँ र ५८औँ मिनेटमा गोल गरे । १६ औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् । अर्को गोल ५८ औँ मिनेट विकास मेरग्लियाको क्रसमा विमलले दोस्रो गोल गरे ।
जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । झापा गोल्डकपको फाइनलमा आर्मी र घरेलु टोली झापाको यो चौथो भेट हो । यसअघिको फाइनलमा भएका तीनवटै भेटमा आर्मीले जित निकालेको छ ।
झापाले केही अवसर पाए पनि सदुपयोग गर्न सकेन । ५५ औँ मिनेटमा झापाका सत्यम शर्माको फ्रिकिक विपक्षी गोलरक्षक रोहित कार्कीले बचाए । ५८औँ मिनेटमा झापाका देवेन्द्र तामाङको हेडर पोस्ट नजिकबाट बाहिरियो ।
८७ औँ मिनेटमा झापाका रुमेश बर्तौलाले गोल गर्न सकेनन् । विशाल राईको पासमा गोलरक्षकसँग वान भर्सेज वान रहेका बर्तौलाले गोल गर्न सकेनन् ।
खेलमा संकटाले बनाएका मुभ विपक्षी टिम खेलाडीले विफल बनाए । संकटाले खेलको २३ औँ मिनेटमा गणेश हमालले पेनाल्टी एरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षक दीपक कार्कीले बचाए ।
३० औँ मिनेटमा संकटाका यानिकले पेनाल्टी बक्सबाट गरेको प्रहार विश्वास श्रेष्ठले बचाए । ३२ औँ मिनेटमा संकटाका कप्तान रवि सिलवालको फ्रिकिक प्रहार विपक्षी गोलरक्षक कार्कीले बचाए ।
८१ औँ मिनेटमा संकटाका दिपेश आलेमगरले पेनाल्टी एरियामा गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरे । खेलको अतिरिक्त समयमा फोडे फोफोनाले गरेको शक्तिशाली प्रहार झापाका गोलरक्षक कार्कीले बचाए ।
शनिबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली झापाका विमल घर्ती मगर घोषित भए । उनले नगद ९ हजार ९९९ पाए ।
उनलाई आजका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत, अध्यक्ष विनोद बस्नेत, निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरीले नगद तथा ट्रफी प्रदान गरे ।
फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल सोमबार हुनेछ । गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकका महासचिव गजेन्द्रबहादुर पौडेलले जनाएका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।

89 thoughts on “आयोजक झापा-११ झापा गोल्डकपको फाइनल प्रवेश”
  1. ГГУ имени Ф.Скорины https://www.gsu.by/ крупный учебный и научно-исследовательский центр Республики Беларусь. Высшее образование в сфере гуманитарных и естественных наук на 12 факультетах по 35 специальностям первой ступени образования и 22 специальностям второй, 69 специализациям.

  2. Francisk Skorina https://www.gsu.by Gomel State University. One of the leading academic and scientific-research centers of the Belarus. There are 12 Faculties at the University, 2 scientific and research institutes. Higher education in 35 specialities of the 1st degree of education and 22 specialities.

  3. Create vivid images with Promptchan AI — a powerful neural network for generating art based on text description. Support for SFW and NSFW modes, style customization, quick creation of visual content.

  4. Недвижимость в Болгарии у моря https://byalahome.ru квартиры, дома, апартаменты в курортных городах. Продажа от застройщиков и собственников. Юридическое сопровождение, помощь в оформлении ВНЖ, консультации по инвестициям.

  5. Срочный выкуп квартир https://proday-kvarti.ru за сутки — решим ваш жилищный или финансовый вопрос быстро. Гарантия законности сделки, юридическое сопровождение, помощь на всех этапах. Оценка — бесплатно, оформление — за наш счёт. Обращайтесь — мы всегда на связи и готовы выкупить квартиру.

  6. Портал о недвижимости https://akadem-ekb.ru всё, что нужно знать о продаже, покупке и аренде жилья. Актуальные объявления, обзоры новостроек, советы экспертов, юридическая информация, ипотека, инвестиции. Помогаем выбрать квартиру или дом в любом городе.

Leave a Reply

Your email address will not be published. Required fields are marked *