• Sat. Jul 27th, 2024

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो। कुन इन्धनमा कति घट्यो

BySaptahik Samachar

११ असार २०७९, शनिबार १९:०० ११ असार २०७९, शनिबार १९:०० ११ असार २०७९, शनिबार १९:००

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले राति १२ बजेदेखि लागू हुने गरेर मूल्य घटाएको हो।

गठबन्धन दलले पेट्रोलियम पदार्थकोमूल्य घटाउन सरकारलाई निर्देशन दिएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलनगरेर मूल्य घाउने जानकारी दिएका थिए । पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँले घटाउने घोषणासँगैै निगमले विज्ञप्ति निकाल्दै मूल्य समायोजन गरेको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ र डिजेलकाे मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको त्यस्तै तथा मट्टितेल पनि अब १६३ मा पाइने भएको छ । हवाइ इन्धन र ग्यासको भने भाउ यथावत नै रहेको छ ।

4 thoughts on “आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो। कुन इन्धनमा कति घट्यो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *