• Sat. Jul 27th, 2024

आयल निगमले इन्धनको मूल्य घटायो / कुन इन्धनमा कति घट्यो ?

BySaptahik Samachar

११ असार २०७९, शनिबार १९:०७ ११ असार २०७९, शनिबार १९:०७ ११ असार २०७९, शनिबार १९:०७

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले राति १२ बजेदेखि लागू हुने गरेर मूल्य घटाएको हो ।

गठबन्धन दलले पेट्रोलियम पदार्थकोमूल्य घटाउन सरकारलाई निर्देशन दिएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलनगरेर मूल्य घाउने जानकारी दिएका थिए । पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँले घटाउने घोषणासँगैै निगमले विज्ञप्ति निकाल्दै मूल्य समायोजन गरेको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ र डिजेलकाे मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको त्यस्तै तथा मट्टितेल पनि अब १६३ मा पाइने भएको छ । हवाइ इन्धन र ग्यासको भने भाउ यथावत नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *