• Sat. Jul 27th, 2024

आदिवासी प्रतिष्ठानको अध्यक्षमा समनसिंह निर्वाचित

BySaptahik Samachar

२४ माघ २०८०, बुधबार २१:३४ २४ माघ २०८०, बुधबार २१:३४ २४ माघ २०८०, बुधबार २१:३४

भद्रपुर २४,माघ / झापाको भद्रपुर नगरपालिकामा रहेको आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको अध्यक्षमा समनसिंह राजवंशी निर्वाचित हुनुभएको छ।
आज अर्थात् बुधबार भएको निर्वाचनमा प्रतिस्पर्धी पुकारचन्द्र राजवंशीलाई ३५ मतले उछिन्दै समनसिंह विजयी हुनुभएको हो। निर्वाचन समितिको कार्यालयले प्रकाशित गरेको सूचना अनुसार खसेको ४३९ मतमा विजयी हुने समनसिंहले २३५ मत प्राप्त गर्नुभएको छ भने प्रतिष्पर्धी पुकारचन्द्र राजबंशीले २ सय मत प्राप्त गर्नुभएको छ।

प्रतिद्वन्द्वी उम्मेदवारहरूको अन्तिम नामावलीमा, अध्यक्षमा दुई प्रतिष्पर्धी बीच भिडन्त देखिए पनि अन्य पदाधिकारी सदस्यहरूमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेकोले सर्वसम्मत भएको जनाइएको छ ।. अन्य पदहरूमा उपाध्यक्षका लागि नन्दलाल राजवंशी, सचिवमा विवेक राजवंशी र कोषाध्यक्षमा मोहन राजवंशीको एक /एक वटा उम्मेदवारी परेकोले उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको हो।त्यस्तै, सदस्यहरूमा सञ्जयकुमार राजवंशी, लालवहादुर राजवंशी, रतिया राजवंशी, विजयकुमार राजवंशी, इशधर राजवंशी, सुधिर राजवंशी र अन्जना राजवंशीको नाम घोषणा गरिएको छ।

यमाघ ६ गते निर्वाचन हुने यस अघिको सूचनामा वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सहसचिव – २,कोषाध्यक्ष महिला, सह कोषाध्यक्ष तथा जग्गादाता, महिला – ४ र खुला सदस्यको कोटा निर्धारण गरेर उम्मेदवारीको आह्वान गर्दै जारी गरिएको निर्वाचन विशेष कारणले स्थगित भएको थियो।

5 thoughts on “आदिवासी प्रतिष्ठानको अध्यक्षमा समनसिंह निर्वाचित”

Leave a Reply

Your email address will not be published. Required fields are marked *