• Sat. Jul 27th, 2024

भट्टराईको आत्मकथा विमोचन

BySaptahik Samachar

२६ कार्तिक २०७९, शनिबार २०:३२ २६ कार्तिक २०७९, शनिबार २०:३२ २६ कार्तिक २०७९, शनिबार २०:३२

भद्रपुर २६, झापा । समाजसेवी तथा धार्मिक व्यक्तित्व गणेशप्रसाद भट्टराईले लेखेको आत्मकथा मेरो जीवनका तीता मिठा अनुभवहरु नामक पुस्तकको आज झापाको भद्रपुर ६ स्थित श्रीकृष्ण द्वैपायन वेदविद्याश्रम गुरुकुलमा आयोजित विशेष समारोहकावीच विमोचन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भाषाविद् चूडामणि रेग्मीले उक्त पुस्तकको विमोचन गर्दै पुस्तकले भट्टराईका अनुभवमात्र होइन झापाको इतिहास र सामाजिक अवस्थाको पनि केही मात्रामा चित्रण गरेकोले यसलाई पुस्तकमात्र होइन महाभारत नै भन्न सकिने वताउनु भयो ।

श्रीकृष्ण द्वैपायन गुरुकुल वेदविद्याश्रमका संचालक समितिका अध्यक्ष रेमनाथ चुँडालको  अध्यक्षता र गुरुकुलका प्राचार्य महेन्द्र भट्टराईको संचालनमा भएको कार्यक्रममा ७ सय ३२ पृष्ठको पुस्तकको रोचक ढंगले भावात्मक समीक्षा पूर्व जिल्ला शिक्षा अधिकारी उद्धब विष्टले गर्नुभएको थियो ।

पुस्तकका लेखक तथा श्रीकृष्ण द्वैपायन गुरुकुल वेदविद्याश्रमका संस्थापक रहेका भद्रपुर ८ क्याम्पसमोड निवासी ७५ बर्षीय  भट्टराईले स्वागत गरेको कार्यक्रममा नागरिक एफ.एमका प्रबन्धध निर्देशक चिन्तामणि दाहाल र भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले शुभकामना दिनुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि रेग्मी, विशेष अतिथि भीमप्रसाद भट्टराई, पुस्तकको भाषा शुद्धा शुद्धि हेरिदिने सहप्राध्यापक होम सुवेदी, टाइपिङको काम गर्ने चैतन्य खरेल र विमला बाराकोटीलाई सम्मान सहित उपहार प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी सबैलाई प्रसाद वितरणका साथै एक एक थान पुस्तक पनि उपहारस्वरुप प्रदान गरिएको थियो । 

One thought on “भट्टराईको आत्मकथा विमोचन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *