ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार भएको समूहको अन्तिम खेलमा नेपालले ८१ रनको बिजयी लक्ष्य १४.१ ओभर खेल्दै २ विकेट गुमाएर पुरा गरेको थियो । नेपालको जितमा ओपनर ब्याट्समेन कुसल भुर्तेलले सर्वाधिक ३४ रन बनाएका थिए भने दिपेन्द्रसिंह ऐरीले २७ र आसिफ शेखले १७ रन बनाएका थिए ।
पहिला ब्याटिगं गरेको क्यानाडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रन मात्र बनाएको थियो । क्यानाडालाई सस्तैमा समेट्ने क्रममा नेपालका बलरहरु कप्तान सन्दिप लामिछानेले ३ तथा कमल ऐरी र अविनाश बोहोराले २ २ विकेट लिएका थिए भने कुशल मल्लले १ विकेट लिएका थिए । क्यानाडासंगको जित हात पारेसँगै अब विश्वकप खेल्न यूएईलाई जित्नुपर्ने छ ।
मङ्गलवार नेपाल र यूएईबीच खेल हुँदै छ । नेपालले यो खेल पनि जितेमा यस वर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्नका लागि छनोट हुनेछ।