• Sat. Jul 27th, 2024

आँधीका कारण बंगलादेशमा सात जनाको निधन

BySaptahik Samachar

८ कार्तिक २०७९, मंगलवार १६:२८ ८ कार्तिक २०७९, मंगलवार १६:२८ ८ कार्तिक २०७९, मंगलवार १६:२८

ढाका । वंगलादेशमा आँधीका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । चक्रवात सित्राङका कारण इँटाको रेलिङ र रूखहरू भत्किँदा एकै परिवारका तीन सदस्यसहित कम्तीमा सात जनाको ज्यान गएको हो ।

हताहतपछि दमकल तथा सिभिल डिफेन्सको अनुगमन कक्षलाई सक्रिय बनाइएको थियो । राजधानी ढाका, कुमिल्ला दौलतखानको नागलकोट र भोलाको चारफेसन र नराइलको लोहागरामा आँधीबेहरीले भारी वर्षा र विनाशकारी हुरी ल्याएको छ । कक्स बजार तटबाट हजारौँ मानिस र पशुधनलाई सुरक्षित क्षेत्रमा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *