• Sat. Jul 27th, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि

BySaptahik Samachar

२७ असार २०७८, आईतवार १४:५७ २७ असार २०७८, आईतवार १४:५७ २७ असार २०७८, आईतवार १४:५७

साप्ताहिक समाचारदाता /भद्रपुर २७ असार /कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो । 

ब्राजिलको रियो दी जेनेरियोको माराकानो स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । उनले खेलको २२ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । 

डी मारियाले डे पाउलको पासमा गोल गरेका हुन् । सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक उपाधि जितेको हो । यता ब्रजिलले भने लगातार दोस्रो पटक उपाधि जित्नबाट बञ्चित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *