• Wed. Feb 28th, 2024

अभद्र टिकटक बनाउने पक्राउ

BySaptahik Samachar

१० श्रावण २०७८, आईतवार १३:३४ १० श्रावण २०७८, आईतवार १३:३४ १० श्रावण २०७८, आईतवार १३:३४

भद्रपुर – १०,साउन। साप्ताहिक समाचारदाता। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लील टिकटक भिडियो बनाउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

अश्लिल टिकटक बनाएको आरोपमा झापा मेचीनगर–६ स्थित बर्मेली टोलका ३८ वर्षीय सोमप्रसाद घिमिरे (बिकास)लाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका घिमिरेलाई अहिले प्रहरी प्रधान कार्यालय साइवर ब्यूरो अपराध अनुसन्धान तथा कारबाही शाखा लगिएको प्रहरीले जनाएको छ ।

घिमिरेले केहि दिन अगाडि प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीको अनैतिक भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको अनैतिक भिडियो बनाएर लाल्छना लगाउने कार्य गरेको भन्दै मानहानी र साइवर क्राइम अन्तर्गत उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *