• Sat. Jul 27th, 2024

अफगानिस्तानमा भूकम्प जाँदा २५० को मृत्यु

BySaptahik Samachar

८ असार २०७९, बुधबार १२:४६ ८ असार २०७९, बुधबार १२:४६ ८ असार २०७९, बुधबार १२:४६


काबुल,८, असार / अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाको मृत्यु भएको छ । भूकम्पमा परि कयौं नागरिक घाइते भएको बीबीसीले समाचारमा जनाएको छ । भूकम्पमा मृत्यु हुने र घाइतेको उद्धारको काममा उद्धारकर्मीहरु परिचालित भएको त्यहाँको सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुको संख्या धेरै भएकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार भूकम्पबाट सबैभन्दा बढी पक्तिका प्रान्तमा भएको छ । यहाँका ठूला भवन र घरहरुमा धेरै क्षति पुगेको समाचारमा जनाइएको छ । घाइते तथा मृतकलाई उद्धार गरिरहेको त्यहाँका सामाजिक सन्जाल चलाउनेहरुले सार्वजनिक गरेका तस्बिरहरुमा देख्न सकिन्छ ।

भूकम्पको केन्द्र अफगानिस्तानको दक्षिण-पूर्बी खोस्त सहरभन्दा ४४ किलोमिटर टाढा रहेको बताइन्छ । यो भूकम्पको महसुस अफगानिस्तान, पाकिस्तान तथा भारतसम्मै गरिएको छ । अफगानिस्तानको राजधानी काबुल तथा पाकिस्तानको राजधानी इस्लामाबादसम्मै भूकम्पको महसुस गरिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बिहान ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको गहिराइ ५१ किलोमिटर छ । यो भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतको पाँचसय किलोमिटर धेरै क्षेत्रमा महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अफगानिस्तान सरकारका प्रवक्ता बिलाल करिमीले तत्काल उद्धार, राहत तथा थप प्रकोप रोक्न आवश्यक टोली परिचालन गरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

One thought on “अफगानिस्तानमा भूकम्प जाँदा २५० को मृत्यु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *