• Sat. Jul 27th, 2024

अन्तर्राष्ट्रिय युवा दिवसमा वृक्षारोपण

BySaptahik Samachar

२८ श्रावण २०७८, बिहीबार १६:३४ २८ श्रावण २०७८, बिहीबार १६:३४ २८ श्रावण २०७८, बिहीबार १६:३४

भद्रपुर २८ साउन /अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज मेची वहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको आयोजना र युवा रेडक्रस सर्कल, मेची वहुमुखी क्याम्पसको सहकार्यमा वृक्षारोपण गरिएको हो।
जिल्ला वन कार्यालयको वन नर्सरीबाट प्राप्त अशोक, गुलमोहर, अमला, अम्बक, मसला, सिरिस लगायत विभिन्न जातका ४० विरूवा रोपिएको छ।

क्याम्पस प्रमुख जीवन पोखरेल, नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरी, सचिव दिप लिम्बू तथा रेडक्रसकर्मी एवं स्ववियु सभापति भुवन बुढाथोकी, रेडक्रस झापाका कार्यालय प्रमुख केदार महत लगायत युवा रेडक्रस सदस्यहरूको सहभागितामा वृक्षारोपण भएको रेडक्रस भद्रपुरका सचिव दीप लिम्बूले जानकारी दिनुभयो ।

12 thoughts on “अन्तर्राष्ट्रिय युवा दिवसमा वृक्षारोपण”
  1. Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

Leave a Reply

Your email address will not be published. Required fields are marked *