• Sat. Jul 27th, 2024

‘अन्ततः यन्त्रणा’को गृह विमोचन र चर्चा परिचर्चा

BySaptahik Samachar

१९ असार २०७९, आईतवार ०५:१७ १९ असार २०७९, आईतवार ०५:१७ १९ असार २०७९, आईतवार ०५:१७

भद्रपुर १८,असार / साहित्यकार सुमन वर्षाद्वारा लिखित उपन्यास अन्ततः यन्त्रणाको गृह विमोचन तथा परिचर्चा कार्यक्रम भद्रपुरमा शनिबार गरिएको छ। सर्जक मञ्च झापाको आयोजनामा भद्रपुर स्थित झापा उद्योग वाणिज्य संघको हलमा उपन्यासकारका पिता गोपालबहादुर घिमिरेको अध्यक्षता र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। भद्रपुरमै जन्मेर अहिले काठमाडौंमा प्राध्यापन गर्नुहुने सुमनको यो पाँचौं कृति हो।
साहित्यकारद्वय कुमार भट्टराई र मायामितु न्यौपानेले कृतिका बारेमा समीक्षा गरेको सो कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, प्राज्ञ शुभद्रा भट्टराई अर्याल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, सहप्राध्यापक होम सुवेदीले पुस्तकका बारेमा आ आफ्ना धारणा राख्नुभएको थियो।
सर्जक मञ्चका अध्यक्ष तथा साहित्यकार-पत्रकार लिला अनमोलले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सर्जक पिता तथा कार्यक्रमका अध्यक्ष घिमिरेले गर्नुभएको थियो भने कृतिकार सुमन वर्षाले पुस्तकका बारेमा आफ्नो भनाइ राख्नुभएको थियो।कार्यक्रममा साहित्यकार देवीचरण भण्डारी र लिला अनमोलले कविता बाचन गर्नुभएको थियो।

One thought on “‘अन्ततः यन्त्रणा’को गृह विमोचन र चर्चा परिचर्चा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *