• Sat. Jul 27th, 2024

अन्ततः एमसीसी संसद्बाट पारित

BySaptahik Samachar

१५ फाल्गुन २०७८, आईतवार २१:२३ १५ फाल्गुन २०७८, आईतवार २१:२३ १५ फाल्गुन २०७८, आईतवार २१:२३

भद्रपुर १५,फागुन / अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधिसभाले ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन गरेको छ ।

सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बहुमतले पारित गरेको हो । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेको विरोधकै क्रममा एमसीसी अनुमोदन भएको हो ।

व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान सर्वोपरि हुने लगायतका विषय छन् । एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने विषयमा व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सहमतिले सत्तारुढ गठबन्धन टुट्नबाट जोगिएको छ । त्यसलाई कतिपयले पार्टीभित्रैबाट भैरहेको चर्को बिरोधबाट नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल ‘फेस सेभिङ’ रुपमा रहेको व्याख्या गरेका छन् ।

व्याख्यात्मक टिप्पणीमा प्रमुख विषयहरु एमसीसी अनुमोदन गर्न नहुने पक्षले उठाउँदै आएको प्रमुख विषयहरुलाई सम्बोधन गर्ने कोसिस गरिएको छ । आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *